काठमाडौं, असार २१- नेपालमा आज (शुक्रबार) देखि तीन दिन मनसुन अझै सक्रिय रहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन सार्वजनिक गरेर मनसुनको न्यून चापीय रेखा नेपालनजिक रहेकाले आइतबारसम्म दक्षिणी भूभागमा मनसुन थप सक्रिय हुने जानकारी दिएको हो।




