• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

अबको एक साता देशभर ठूलो वर्षा हुने, सतर्कता अपनाउन अनुरोध


काठमाडौँ, असार १५-  देशका अधिकांश स्थानमा अबको एक साता मध्यमदेखि ठुलो वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले अबको एक साता मनसुन सक्रिय रहँदै मध्यमदेखि ठुलो वर्षा हुने जनाएको हो ।

मनसुनको न्यूनचापीय रेखा पूर्ण रूपमा विकास भई नेपालनजिक रहेकाले नेपालमा मनसुन थप सक्रिय हुन लगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण आउँदो बिहीबारसम्म देशभर मनसुनी वर्षा हुने मौसमविद् गोविन्द झाले बताए ।

नेपालको पहाडी भेगमा भारी वर्षाले बढी प्रभाव पार्न सक्ने महाशाखाले जनाएको छ । पूर्वी र मध्य तराईमा बिहीबारदेखि नै वर्षाको क्रम सुरु हुँदा त्यस क्षेत्रमा डुबान सुरु भइसकेको छ ।

विगत १२ घण्टामा सर्लाही क्षेत्रमा १४५ मिलिमिटर वर्षा रेकर्ड भएको छ । महाशाखाले जनाए अनुसार गण्डकी, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश र कर्णाली प्रदेशका एक दुई स्थानमा ठुलो वर्षाको सम्भावना रहेको जनाएको छ ।

वर्षा हुने स्थानमा बाढी, भू–क्षय, पहिरो तथा गेग्य्रान बहावको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ । सहरी तथा तराई क्षेत्रमा डुबान हुँदा बस्तीहरू उच्च जोखिममा रहनुका साथै ठुला तथा साना नदीनाला र खोलामा बहावको सतह बढ्ने हुँदा आवश्यक सतर्क रहन सुझाइएको छ ।

सो क्रममा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न पनि सरोकारवाला निकायहरूलाई अनुरोध गरिएको छ ।

वर्षाको क्रमसँगै नेपालका सानाठुला नदीको बहाव उच्च बन्ने भएकाले नदी तटीय क्षेत्रमा थप सावधानी अपनाउन भनिएको छ । सो क्षेत्रमा भौतिक पूर्वाधारका काम भइरहेको भए रोक्न अपिल गरिएको छ । नदीमा बहाव बढ्ने भएकाले डुबान, कटान तथा बस्तीमा पस्न सक्ने क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सरकारको तयारी तीव्र

मनसुनी वर्षाबाट आइपर्ने विपतबाट जनधनको क्षति रोक्न गृह मन्त्रालय र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च रूपमा तयारी थालेको छ । जोखिमयुक्त क्षेत्रका बासिन्दालाई अन्यत्र सार्न प्रदेश सरकारसँग समन्वय भइरहेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

शनिबार, असार १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.