• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

आज असार १५, चितवनमा राष्ट्रिय धान दिवस मनाइँदै


चितवन, असार १५-  आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । सरकारले पहिलो पटक काठमाडौँ उपत्यका बाहिर चितवनमा धान दिवस मनाउँदै छ । धान दिवस मनाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कृषि मन्त्री ज्वाला कुमारी शाह लगायत चितवन आएका छन् । प्रधानमन्त्री प्रचण्डले रत्ननगरको बछौलीमा मेशिनबाट धान रोप्ने छन् ।

त्यस्तै भरतपुर महानगरपालिकाले भरतपुर–६ केसारबागमा आयोजना गरेको धान रोप्ने कार्यक्रममा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुँदै छन् । असार १५ लाई ‘मानो रोपेर मुरी फलाउन’ दिनका रुपमा पनि हेरिन्छ ।

‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्‍याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ ।

आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । आजको दिन दही चिउरा खानु संस्कृति नै बनेको छ ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ । कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जिडिपी)मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ ।

जल, जमीन र जनशक्ति पर्याप्त भए पनि धानको उत्पादनमा सन्तोषजनक वृद्धि हुन सकेको छैन । युवा जनशक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमीन खण्डीकरण भई घडेरीकरणमा रुपान्तरण हुनु पर्याप्त सिञ्चित जमीन नहुनु, उन्नत जातका बीउबिजनको प्रयोग नगर्नु र प्राङ्गारिक तथा रासायनिक मलको सहीरुपमा प्रयोग नहुनु एवं धानको समर्थन मूल्य नतोकिनुले धानको उत्पादन बढ्न नसकेको कृषि विज्ञहरुको भनाइ छ ।

नेपालीहरु दुई छाक अनिवार्य नत्र तीनै छाक भए पनि भात खाने गर्छन् । सो बानीले गर्दा चामलको आयात बढेको छ । सरकारले भने धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको छ ।

विश्वको कूल जनसंख्यामध्ये आधाभन्दा बढी जनसंख्या एशिया महादेशमा बसोबास गर्छन् । एशियाका धेरै मानिसको आहार भात हो । त्यसैले सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन र भारत एशियामै पर्छन् ।

त्यसपछि क्रमशः इण्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान धेरै धान उत्पादन गर्ने देशको गणनामा सूचीकृत भएका छन् ।

नेपाल संसारकै अग्लो स्थानमा धान उत्पादन गर्ने देशमा पनि पर्छ । जुम्लाको छुमचौरमा उत्पादन हुने जुम्लीमार्सी धान विश्वमा प्रसिद्ध छ । तर, उक्त धान मागअनुसारको उत्पादन हुन सकेको छैन । नेपालको झापा जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुन्छ ।

खाद्यान्न उपभोग गर्ने जनशक्ति बढेसँगै उत्पादनको बढोत्तरी आवश्यक छ । तर नेपालमा भने कूल खेतीयोग्य जमीनमध्ये धेरै बाँझो छ । सरकारी तथ्याङ्कअनुसार करीब ३१ लाख हेक्टर जमीन खेतीयोग्य छ । उन्नत जात भित्र्याउने नाममा स्थानीय धानका जात प्रायः लोप भइसकेका छन् ।

शनिबार, असार १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.