• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ६. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ७. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ८. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ९. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • १०. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

डुम्रे–बेँसीसहर–चामेमा जीर्ण काठेपुल हटाएर नयाँ बनाइँदै


मनाङ, जेठ २५- मनाङको डुम्रे–बेँसीसहर–चामे सडक माथिल्लो मनाङ, तिलिचो ताल, खाङ्सार, थोराङ्ला भञ्ज्याङ (थोराङ्ला पास) आवतजावत गर्ने एकमात्र मार्ग हो । सडक निर्माण भएको लामो समय भइसकेको छ तर यस सडकमा रहेका खोला, खोल्सी पार गर्न काठेपुलकै भर पर्नुपरेको छ । यी पुल पनि जीर्ण बन्दै गएपछि आवतजावतमा समस्या छ ।

डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका अनुसार सदरमुकाम चामेमा मात्रै चार ठाउँमा काठेपुल छन् । अरु बेला कामचले पनि वर्षायाममा भने जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । चामे–१ तिमाङस्थित तिमाङखोलामा, चामे–२ स्थित स्यार्कुखोला, चामे–४ स्थित दुईवटा घट्टेखोलामा काठेपुल नै आवतजावत गर्ने विकल्पका रूपमा छन् ।

आयोजना कार्यालयका सबइन्जिनीयर सुमन अधिकारीले बर्खा लाग्न थालेपछि चामेको दुईवटा घट्टेखोलामा नयाँ काठेपुल निर्माणकार्य अगाडि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “पक्की मोटरेबल पुल निर्माण गर्न समय लाग्ने भएपछि वर्षात्मा सहज बनाउने उद्देश्यले नयाँ काठेपुल बनाइरहेका छौँ ।” काठेपुल हटाएर पक्की पुल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०का लागि सम्झौता भएको उहाँले जानकारी दिनुभयो । “यस सडकखण्डअन्तर्गत १५ वटा पुल निर्माणका लागि डिपिआर भएको छ । बजेट प्राप्त भएपछि बोलपत्र आह्वान गरी काम अगाडि बढाउने तयारी छ । त्यसपछि काठेपुल विस्थापन हुनेछन्”, अधिकारीले अगाडि भन्नुभयो ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले दीर्घकालीनरूपमा समस्या समाधान हुने गरी पक्की पुल निर्माणका लागि आयोजनासँग पटकपटक समन्वय गरिएको बताउनुभयो । “हरेक वर्ष बर्खा लागेपछि काठका पुल बाढीले बगाएर आवतजावत नै रोकिने समस्या हुन्छ । एउटा काठेपुल निर्माणका लागि वर्षेनी रु पाँच/सात लाख खर्च गर्नुभन्दा छिटो पक्की पुल बनाउनुपर्छ भनेर हामीले पटकपटक आग्रह गरिसकेका छौँ । समयमै पुल बनेमा अन्य ठाउँमा उपयोग हुने बजेट काठेपुललाई छुट्याउनुपर्ने बाध्यता हट्थ्यो नि१ त्यसैले आयोजनाले यसमा यथाशीघ्र पहलकदमी लिन आवश्यक छ”, अध्यक्ष घलेको आग्रह छ । उहाँले पालिका एक्लैले ठूला योजना पूरा गर्न नसक्ने भएकाले सङ्घ र प्रदेश सरकारले समस्या समाधान गर्नुपर्छ भनेर छलफल तथा समन्वय भइरहेको बताउनुभयो ।

मनाङ पर्यटकीय क्षेत्रसमेत भएकाले यहाँ आउनेहरूले यही सडक प्रयोग गर्दछन् सडकमा काठेपुलमात्रै हुँदा सवारीसाधन आवतजावतमा कठिनाइ छ । सडक खण्डका नौवटा काठेपुलको यात्रा गरेर तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ पार गर्नुपर्ने भएकाले बाढीको समयमा यात्रा गर्न कठिन हुने गरेको छ ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुवासकुमार लामिछानेले यही समस्या समाधानका लागि सडक आयोजनासँग पुल निर्माणबारे छलफल गरी पुल निर्माणकार्य अगाडि बढेको बताउनुभयो । पर्यटकीय क्षेत्रमा नै पुलको अभाव हुँदा हुने जोखिमलाई मध्यनजर गरी पुल निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरिएअनुरुप काम अगाडि बढेको उहाँले बताउनुभयो । “सधैँ काठेपुलबाट यात्रा गर्न सजिलो हुँदैन । यस विषयमा छलफल हुँदा पक्की पुल नबनेसम्म जीर्ण बनेका काठेपुल मर्मत गरेर समस्या समाधान गरिनुपर्छ भनेर केही काम अगाडि बढेका छन्”, प्रजिअ लामिछानेले भन्नुभयो,“पटकपटकको छलफलपछि अहिले पुल निर्माणको काम भइरहेकाले यस वर्ष वर्षायाममा सहज यात्रा गर्ने वातावरण बन्ने छ । पक्की पुलको काम पनि छिटो अगाडि बढाउन आयोजनाले तयारी गरिरहेको बुझिएको छ , त्यसपछि मात्र समस्याको दीर्घकालीन समाधान हुनेछ ।” रासस

 

शुक्रबार, जेठ २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ६.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.