नवलपुरमा हावाहुरिको कारण रुख ढलेर च्यापिदा एक पुरूषको भएको छ। मध्यबिन्दु नगरपालिका १२ स्थित ठुलोपोखरा सामुदायिक बनमा आज बिहान बाख्रा चराउन गएका एक पुरूषको रूख ढलेर च्यापिँदा घटनास्थलमै मृत्यु भएको हो।
बिहान करिब ८:३० बजेको समयमा बाख्रा चराउन गएका ज्वाइथर बस्ने बर्ष ६९ को चित्र बहादुर थापा लाई हावाहुरिको कारण रुख ढलेर च्यापेको र घटनास्थलमा तत्कालै प्रहरी गई च्यापिएको रूखबाट उनलाई बाहिर निकाल्दा नै मृत्यु भैसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरिक्षक बेद बहादुर पौडेलले जानकारी बताउनुभयो। मृतकको शब अहिले घटनास्थलमै रहेको र पोष्टमार्टमका लागि तयारी भैरहेको पौडेलले जानकारी दिनुभयो।