गैंडाकोट // आगोलागि पीडितलाई एन आर एन अमेरिका का सद्स्य राजेन्द्र रेग्मीले आज मंगलबार करिब २५ हजार बराबरको सामना सहयोग गर्नु भएको छ ।
गैंडाकोट नगरपालिका वडा नम्बर ३ ढोडेनीस्थित तुलबहादुर थापाको घरमा बिजुलीको तार सर्टभई आइतबार बिहान आगलागी भएको थियो। आगलागीबाट थापाको काठको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, केही नगद, गोठमा रहेका कुखुरा, हाँस, र खरायो समेत जलेर नस्ट भएको थियो ।
आगोलागी पीडित तुल बाहादुर थापाको परिवारलाई एन आर एन अमेरिका का सद्स्य राजेन्द्र रेग्मीले आज मंगलबार खाद्यान्न , सिरक डसना र पलङ गरेर करिब २५ हजार बराबरको सामना सहयोग गर्नु भएको छ । उहाँले नेपाल आउँदा आफ्नै घर गाउँमा यस्तो विपत्ति आइपरेकोले आफ्नो तर्फ बाट सकेको सहयोग गरेको बताउदै थापालाई थप सहयोगको लागि अमेरिकामा रहेका आफ्नो साथी हरु संग पनि पहल गर्ने बताउनु भयो ।
त्यस्तै हिजो मात्रै आर्थिक सहयोग गर्नु भएका नेपाली कांग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचनको पहलमा आज जय श्री फुडस को तर्फबाट २ बोरा चामल , मुनाल फुडसको तर्फ बाट ३ प्याकेट चाउचाउ र ३ बोरा आटा , कालिका रिफाइनरी बाट १ प्याकेट तेल सहयोग गर्नु भयो ।
हिजो हामीले समाचार प्रकाशित गरेपछि गैंडाकोटका युवा समाजसेवी विजय श्रेष्ठ, कृष्ण सिकदेल, गौरव श्रेष्ठ, प्रकाश सापकोटा र प्रकाश परिवारको समूहले पनि १० हजार आर्थिक सहयोग गर्नु भएको छ ।
आगलागीका पीडित तुलबहादुर थापाले सहयोगी एनआरएन अमेरिकाका सदस्य राजेन्द्र रेग्मी लगायत सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि सहयोग आउने आशा व्यक्तगर्नु भएको छ । विपत्तिमा परेका थापा परिवारलाई थप सहयोग हुने अपेक्षा गरिएको छ। यस प्रकारको दुर्घटनाबाट कसैलाई पनि घरवारविहीन हुनुपरेको अवस्था आउन नदिन समयमै सचेत हुनुपर्ने देखिन्छ।