चितवन । भरतपुर महानगरपालिका–११ गुम्बा नजिकैको एउटा घरमा विजुलीको तार सर्ट भई आगलागी भएको छ । शुक्रबार राति ८ः१० बजेको समयमा स्थानीय हरकराज साहको टिनले छाएको एकतले कच्ची घरमा आगलागी भएको हो ।
भरतपुर महानगरपालिकाको दुई वटा दमकल र स्थानीयको सहयोगमा राति ८ः५५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । आगलागीबाट मानवीय तथा चौपाय क्षति नभएको उनले बताए । भौतिक क्षतिको थप विवरण आउन बाँकि छ ।