काठमाडौँ, चैत १- देशभरको अधिकतम तापक्रम बढ्न सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो भैरहवाको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो ।
यस्तै, जनकपुरमा तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस पुग्दा धनगढी, विराटनगर, वीरगञ्ज लगायतका सहरको तापक्रम ३२ डिग्री हाराहारीमा थियो ।
यसरी दैनिक तापक्रम बढ्न थालेपछि तराईका केही ठाउँमा गर्मीले जनजीवन प्रभावित हुन थालेको महाशाखाले जनाएको छ।