• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

नापतौलमा ठगी गर्ने चार हजार सात सय ४१ व्यवसायी कारबाहीमा


काठमाडौँ, फागुन २३- नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित नापतौल यन्त्र प्रयोग गरी उपभोक्ताहरूलाई ठग्ने र समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ जना व्यापारीलाई कारबाही गरेको छ।

कार्यालयले यस आर्थिक वर्षको छ महिनामा नापतौलमार्फत उपभोक्तालाई ठग्ने तथा समयमा यन्त्रको नवीकरण नगर्ने व्यापारीहरूलाई कारबाही र जरिवाना गरेको हो।

कार्यालय प्रमुख राकेशकुमार झाका अनुसार अनियमित नापतौल र नाप्ने तौलने यन्त्र प्रयोग गरी आम उपभोक्ताहरूलाई ठग्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको छ। उहाँले भन्नुभयो, “अनुगमनका क्रममा केही व्यापारीहरूले यन्त्रको दर्ता नगराएको र दर्ता गरेकाहरूले पनि नवीकरण नगरेको पाइयो, त्यस्तालाई हामीले कारबाहीको दायरामा ल्याएका छौं।”

पछिल्लो समय व्यापारीहरूको सहजताका लागि कार्यालयले ‘डोर टु डोर’ अभियान पनि सञ्चालन गरिरहेको छ। अभियानअन्तर्गत नयाँ व्यापारीलाई अनुमति प्रदान गर्ने, अनियमित गर्नेलाई कारबाही गर्ने, जाँच नवीकरण गर्नेलगायत काम भइरहेको कार्यालय प्रमुख झाले बताउनुभयो।

साउनदेखि पुस मसान्तसम्म कार्यालयले एक हजार तीन सय ८२ व्यापारीलाई नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गरेको छ। यसैगरी, चार हजार ३३ नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँच, एक सय दुई पेट्रोल पम्प जाँच र दुई हजार ६ सय १८ ट्याक्सी मिटर जाँच गरिएको छ।

सीमित स्रोत र साधनकाबीच पनि बजार अनुगमनलाई तीव्रता दिइएको छ। उपभोक्ताको हित संरक्षणका लागि कार्यालयले ८० पटक एकल अनुगमन र ५२ पटक संयुक्तरूपमा बजार अनुगमन गरेको छ।

जानीजानी सेवाग्राहीलाई ठग्ने क्रम बढेकाले कारबाहीलाई प्राथमिकता दिइएको कार्यालय प्रमुख झाले बताउनुभयो। उहाँले भन्नुभयो, “नियतवश आम उपभोक्तालाई ठग्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउँछौं।”

कार्यालयले यस आवको छ महिनामा रु ९२ लाख ९८ हजार ५ सय ९२ राजस्व संकलन गरेको छ। हाल काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवा गरी नौवटा जिल्लामा नापतौलको अनुमति प्रदान, नवीकरण, अनुगमन र गल्ती गर्नेलाई कारबाही गर्दै आइरहेको छ।

बुधबार, फागुन २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.