चितवन, फागुन १५- देवघाटबाट हराइरहेकी शारदा पौडेलको शव नारायणी किनारमा फेला परेको छ ।
बिगत एक हप्तादेखि प्रहरीले खोजी गरिरहेको ५१ वर्षीय पौडेलको शव आज बिहान नारायणी किनारमा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले दिएको जानकारी अनुसार बिहान सबेरै पोखरा बसपार्क छेउमा पौडेलको शव भेटिएको छ । गत फागुन ९ गतेदेखि देवघाट गाउँपालिका–५ बाट हराएपछि उनको खोजी गरिदिन परिवारले प्रहरीमा निवेदन दिएको थियो ।



