गैंडाकोट / नेपाल परिवार नियोजन संघ अरुण खोलाको एम्बुलेन्स गैंडाकोटमा दुर्घटनाग्रस्त भएको छ।
गैंडाकोटको भृकुटी कागज कारखाना नजिकै डाइलेसिसको बिरामी बोकेर गएको नेपाल परिवार नियोजन संघ अरुण खोलाको ग १ च ७१५३ नम्बरको एम्बुलेन्स बिपरित दिशाबाट आइरहेको बससँग एक आपसमा ठोक्किँदा एम्बुलेन्स दुर्घटनामा परेको हो।
डाइलेसिस बिरामीको अवस्था गम्भीर छ भने चालक र घाइते बिरामीको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ।