• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

इच्छाकामना विकट होइन,प्रचुर सम्भावना बोकेको गाउँपालिका होः अध्यक्ष गुरुङ


मुग्लिन फागुन ४- सरोकारवालाले तीन वटै तहका सरकार र सञ्चारमाध्यमबीच बहस जरुरी रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) जिल्ला कार्यालय चितवन र इच्छाकामना गाउँपालिकाद्वारा प्रजातन्त्र दिवस तथा राससको ६३औँ वार्षिकोत्सवका अवसरमा इच्छाकामनामा आयोजित ‘सङ्घीयता, स्थानीय सरकार र पत्रकारबीच अन्तरक्रिया’मा उहाँहरुले नागरिकलाई सङ्घीयताको प्रत्याभूति दिलाउन स्थानीय तह प्रदेश र केन्द्र तीनै तहका सरकार र सञ्चारमाध्यमबीच बहस तथा पैरवी आवश्यक रहेकोमा जोड दिनुभयो ।

इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सञ्चारमध्यम र पत्रकारको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । उहाँले स्थानीय सरकारले गरेका काम जनतासामु जस्ताको त्यस्तै पु¥याउनु पनि सञ्चारमाध्यमको दायित्व भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “लामो सङ्घर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्न पत्रकारको महत्वपूर्ण भूमिका रहन्छ, जनप्रतिनिधिले कस्तो काम गरेका छन् जस्ताको त्यस्तै जनतासामु समाचारमार्फत पु¥याउनु आवश्यक छ ।” उहाँले स्वच्छ आलोचनाले आफ्ना कमीकमजोरी सच्याउने मौका प्राप्त हुने बताउनुभयो ।

उहाँले ग्रामीण क्षेत्रमा भएका गतिविधिलाई उजागर गर्न पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले पर्यटकीय हिसाबले महत्वपूर्ण इच्छाकामनाका ग्रामीण क्षेत्रमा पुगेर स्थलगत रिपोर्टिङ गर्न पनि अनुरोध थियो । उहाँले भन्नुभयो, “इच्छाकामना विकट होइन, पर्यटकीयस्थल हो, यहाँबाट हिमालदेखि तराईका फाँट सहजै दृश्यावलोकन गर्न सकिन्छ, सो विषयमा तपाईंहरुले समाचारमार्फत सहयोग गर्नुपर्छ ।”

प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दीपक आचार्यले तीन तहका सरकारबीच कार्य विभाजनको अन्यौलताले नागरिकले सङ्घीयताको अनुभूत गर्न नपाएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “सङ्घीयताका विषयमा मिडिया र तीनै तहका सरकारबीच गहनरुपमा बहस पैरवी हुन आवश्यक छ ।” तीनै तहका सरकारको कार्य विभाजनमा अलमलता देखिएको भन्दै आचार्यले सङ्घीय सरकारले गर्ने काम के हो रु प्रदेश सरकारले गर्ने काम के हो र स्थानीय सरकारले गर्ने काम के हो रु भन्ने अझै निक्र्यौल हुन सकेको बताउनुभयो ।
उहाँले सबैभन्दा प्रभावकारी र पहिलो समाचारको माध्यम स्थानीय मिडिया भएकाले स्थानीय सरकारले मिडियामैत्री कानुन बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । गाउँपालिका उपाध्यक्ष माया सिलवालले इच्छाकामना भूगोलले विकट रहे पनि धार्मिक तथा पर्यटकीयस्थलले भरिपूर्णरहेको बताउनुभयो । उहाँले यहाँको प्रचारप्रसारका लागि भूमिका निर्वाह गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, प्रेस चौतारी नेपालका निर्वाचन आयोगका केन्द्रीय उपाध्यक्ष नवराज ढकाल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल भट्टराई, प्रेस सेन्टर चितवनका उपाध्यक्ष राजेन्द्र आचार्य, इच्छाकामना–५ का वडाध्यक्ष रुद्र उप्रेतीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

राष्ट्रिय समाचार समिति चितवनका प्रमुख नारायण अधिकारीले राससको सेवाबारे जानकारी गराउँदै सङ्घीयतामा स्थानीय तहसम्म पत्रकारलाई पु¥याउने उद्देश्यले गाउँपालिका आएर कार्यक्रम गरिएको बताउनुभयो ।रासस

 

शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.