×
शुक्रबार, असार १३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

तनहुँ बाढी पहिरोको उच्च जोखिममा

२०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

अमेरिकाले गर्‍यो इरानमा आक्रमण

आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

लोकप्रिय समाचार

  • १. ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • २. आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ३. आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ४. रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

  • ५. गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • ६. काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ७. २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ८. अमेरिकाले गर्‍यो इरानमा आक्रमण

  • ९. उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • १०. एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

चुनाव प्रचारका लागि नेताहरुको अन्तिम दौडधुप


काठमाडौं : मंगलबार चुनावी प्रचारको अन्तिम दिन रहेकाले दलका नेताहरुको दौडधुप सर्वाधिक बढेको छ । दलका शीर्ष नेताहरुले यसबीचमा पूर्वदेखि पश्चिमसँगका चुनावी सभालाई सम्वोधन गरेका छन् ।

चुनावी प्रचारका लागि सर्वाधिक सभामा पुग्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली छन् । चैतबाट सुरु भएको उनको प्रचार सभा मंगलबारबाट सकिँदैछ । छोटो अवधिका सर्वाधिक सभामा सरिक हुनेमा भने कांग्रेस महामन्त्री गगन थापा छन् ।

सत्ता गठबन्धन तालमेल गर्ने/नगर्ने वा कहाँ कसलाई भागवण्डामा गर्ने भनेर अल्झिरहँदा एमाले अध्यक्ष ओलीले काठमाडौं बाहिरका १५ सभा सकिसकेका थिए । चैत महिनामा ओलीले केन्द्रीय राजधानी बाहिरका सभालाई प्रमुख प्राथमिकतामा राखेका थिए ।

नेपाली कांग्रेसले बैशाख २० मा मात्रै चुनावी सभाका लागि केन्द्रीय नेता तोकेको थियो । कांग्रेसले तय गरेको पूर्व निर्धारित सभा अनुसार डडेलधुराबाट चुनावी प्रचार अभियान सकिने छ । वैशाख २१ देखि मंगलबारसम्म तय गरिएका सभामा सभापति शेरबहादुर देउवा सहित केन्द्रीय तहका शीर्ष नेताहरु वक्ता बनाइएको थियो ।

केन्द्रीय वक्ता चयन गरिएका स्थानमा देउवा र नेता रामचन्द्र पौडेललाई धेरै स्थानमा छुटाइएको छैन । विराटनगर, भरतपुर, काठमाडौं, बुटवल, दमौली, जनकपुर, पोखरा, तुलसीपुर, धनगढी र डडेलधुरा केन्द्रीय तहबाट निश्चित गरिएका सभाहरु थिए । सभापति देउवा पार्टी केन्द्रले तय गरेका सबै सभामा पुगेका छन् ।

केन्द्रीय चुनाव प्रचार परिचालन समितिले बनाएको सूचीमा रहेका कांग्रेस महामन्त्री गगन थापालाई काठमाडौंको सभाका लागि वक्ता बनाइएको थियो । वैशाख २३ मा काठमाडौंमा सत्ता गठबन्धनले गरेको चुनावी सभामा गगन उपस्थित भएनन् । पार्टी केन्द्रले वक्ताको रुपमा आफ्नो नाम राख्नु अघि नै जिल्लाका सभामा जाने निश्चित गरिएकाले वैशाख २३ मा काठमाडौंको सभामा उपस्थित हुन नसकेको महामन्त्री थापाले बताए ।

वैशाख २३ बाट जिल्ला दौडाहामा निस्केका थापाले एकै दिन सात वटा सभालाई सम्बोधन गरेका छन् । उक्त दिन (वैशाख २३) मा रौतहटको चन्द्रपुर, गरुडा, कटहरिया, राजदेवी, ईशनाथ लगायतका क्षेत्रको चुनावी प्रचारमा थापा पुगेका थिए । गत शनिबार थापा भोजपुर र रामेछापका सभामा सहभागी भए । रामेछापको मन्थली नगरपालिका र सुनापाति गाउँपालिकामा भएको सभामा पनि सोही दिन सहभागी भएका थिए ।

गत आइतबार थापा मधेस प्रदेशका जिल्ला तीन जिल्ला पुगे । बारा, महोत्तरी र रौतहटमा स्थानीय कार्यसमितिले आयोजना गरेको सभालाई सम्बोधन गरे । सोमबार उदयपुर र मोरङका कार्यक्रममा सम्बोधन गरे। ‘काठमाडौंमा ६/७ वटा चुनावी कार्यक्रम छ । आइतबार मधेसमा ७ वटा भ्याएर आएको हो । बढीमा एक दिनमा ७ स्थानका चुनावी सभा सहभागी भएँ । थापाले भने, ‘म गएको ठाउँमा साथीहरु उत्साहित छन् । एउटामा पुग्दा एउटासँग प्रतिस्पर्धा हुन्छ । अर्कोेमा पुग्दा अर्कै दलसँग प्रतिस्पर्धा हुने देखिन्छ । त्यहाँ भित्रको प्रतिस्पर्धा फरक फरक पाएँ ।’

थापाले भने, ‘पुगेका स्थानमा केहीमा अरुको कुरा पनि सुन्ने अवस्था बन्छ । केहीमा भने हतारले गर्दा छिटो निस्कनुपर्ने पनि हुन्छ । पुगेका ठाउँमा सकेसम्म अध्यक्ष वा प्रमुखलाई बोल्ने दिएपछि आफू बोल्ने गरेको छु ।’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पूर्वी जिल्लाहरुका सभालाई बढी समय दिएका छन् । चुनावी प्रचारकै लागि रुपन्देही र नवलपरासी पुगेका उनी पूर्वी पहाडी जिल्लाका सभामा सहभागी भएर तराईका जिल्लामा केन्द्रित भएका छन् । ‘बुद्ध जन्मिएको स्थानदेखि सगरमाथाको फेदी ओखलढुङ्गा सम्मका चुनावी प्रचार अभियानमा पुगें,’ शर्माले भने, ‘पूर्वको विराटनगरदेखि पश्चिमको बर्दघाटको चुनावी कार्यक्रममा सहभागी भएँ ।’

कांग्रेसले तय गरेको स्थानलाई गठबन्धनको संयुक्त सभा बनाइएको थियो । बिहीवारदेखि सोमबारसम्मका लागि कांग्रेसले निर्धारण गरेको स्थानमा संयुक्त सभा भएको छ । यी सबै सभामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भए । भरतपुर, काठमाडौं, जनकपुर, पोखरा घोराही, तुल्सीपुर, धनगढीका सभालाई प्रचण्डले सम्बोधन गरेका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल भरतपुर, काठमाडौं, पोखरा लगायतका स्थानमा सहभागी भए । जनकपुरमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनको सभामा सम्वोधन गरे । केन्द्रीय वक्ताको रुपमा आफ्नो नाम नराखिएको भन्दै कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले आफ्नै गृहजिल्ला जनकपुरमा भएको संयुक्त सभालाई बहिष्कार गरे ।

एकै दिन धेरै ठाउँमा पुग्न पर्ने भएकाले नेताहरुले हेलिकप्टरको प्रयोग गरिरहेका छन् । हेलीकप्टरको खर्च विभिन्न माध्यमबाट व्यहोर्ने व्यवस्था स्थानीय समितिले मिलाएको नेताहरु दाबी गर्छन् ।

गठबन्धन लगत्तै एमालेको सभा

एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सभा भइसकेपछि तत् स्थानमा पुग्ने गरेका थिए । भरतपुर, पोखरा, बुटवल र काठमाडौंमा गठबन्धनले सभा सकेपछि एमालेले राखेको थियो । आइतबार बुटबल र भरतपुरको सभालाई ओलीले चुनावी सभामा भाषण गरेका थिए । बैशाख २३ मा सत्ता गठबन्धनले काठमाडौंमा चुनावी सभा गरिसकेको छ । एमालेले भने मंगलबार गरेको छ  ।

वैशाख २१ मा इलाम र झापाका कार्यक्रम भ्याएका ओलीले अर्को दिन कैलाली र कञ्चनपुरका सभालाई सम्वोधन गरे । उनी वैशाख २४ मा इटहरी, धरान, विराटनगरका चुनावी सभामा थिए ।

जो आफ्नै क्षेत्रमा केन्द्रित रहे

नेपाली कांग्रेसका शीर्ष नेताहरुमध्ये केही नेताको चुनावी प्रचारमा कहाँ खटिएका छन् भन्ने समेत चर्चा भएन । उपसभापति पूर्ण बहादुर खड्का र पूर्व महामन्त्री डा. शशांक कोइरालाको चुनावी प्रचारमा चर्चा समेत सुनिएको छैन ।

नेता डा. शेखर कोइराला र प्रकाशमान सिंह भने आफ्नै महानगरबाट बाहिर निस्कन सकेका छैनन् । आफू पक्षीय उम्मेदवारलाई विजयी गराउन शेखर विराटनगरमा तल्लिन छन् भने प्रकाशमान काठमाडौंमा । शेखर पक्षीय नागेश कोइरालालाई विजयी बनाउन उनी विराटनगरको घरदैलोमा व्यस्त छन् ।

अर्का नेता प्रकाशमान पत्नी सिर्जना सिंहलाई काठमाडौंको मेयरमा विजयी बनाउने प्रयासमा काठमाडौंका वडा/वडामा घरदैलो गरिरहेका छन् ।

वीरगञ्ज र जनकपुरको मेयर पदको उम्मेदवार जसपालाई छाडेपछि असन्तुष्ट देखिएका नेता विमलेन्द्र निधिले जनकपुरको सत्ता गठबन्धनको सभा नै बहिष्कार गरेका छन् ।

मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तनहुँ बाढी पहिरोको उच्च जोखिममा
उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई
काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह
एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल
अमेरिकाले गर्‍यो इरानमा आक्रमण
गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

लोकप्रिय

  • १.
    ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • २.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ३.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ४.
    रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

  • ५.
    गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • ६.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

भर्खरै

  • १.
    तनहुँ बाढी पहिरोको उच्च जोखिममा

  • २.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ३.
    उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ४.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ५.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ६.
    एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

  • ७.
    अमेरिकाले गर्‍यो इरानमा आक्रमण

  • ८.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.