• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ६. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ७. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ८. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

‘घोपा बचाउ’ भन्दै ११ दिनदेखि युवाहरु सडकमा

‘काठमाडौं : ‘सेभ द घोपा क्याम्प’ मुख्य नारा लिएर हिजोआज धरानका युवाले सडकमा धर्ना दिइरहेका छन् । उनीहरु गएको ११ दिनदेखि विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै सडकमा धर्नामा बसेका छन् ।

उनीहरुले ‘जिन्दगीसँग खेलबाड गर्न पाइदैन भ्रष्ट प्रशासन चाहिदैन’, ‘हामीलाई आईसीयूमा बेड चाहिन्छ, भ्रष्टाचार त जताततै पाइन्छ’ लगायतका नारा लेखेको प्लेकार्ड बोकेका छन् ।

अस्पतालको नेतृत्व भ्रष्ट भएका कारण बिरामीले सामान्य सुविधा समेत नपाएको भन्दै उनीहरुले शान्तिपूर्ण धर्ना सुरु गरेका थिए । हरेक दिन अपरान्ह ४ देखि ६ बजेसम्म धर्ना दिन तीन सयदेखि आठ सयसम्म युवा, बालबालिका तथा वृद्ध भेला हुने गरेका छन् ।

२९ चैत मंगलबारलाई उनीहरुले हातमा रातो रङ लगाएर अस्पतालको सेवा नपाएर, समयमा उपचार नपाएर ज्यान गुमाउनेको आत्मशान्तिको कामना गर्दै ‘रातो दिन’ मनाए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता बढेको, पदाधिकारीले पदीय मर्यादा नराखेको, बिरामीले सामान्य सेवासमेत नपाएको भनेर सरकारले गठन गरेको उच्च स्तरीय छानबिन समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक भइसकेको छ ।

बीपीमा जाँच गर्न जाने विरामीले सामान्य एक्सरे, भिडियो एक्सरे, सिटिस्क्यान, एमआरआई बिग्रिएका कारण निजी ल्याबमा जानुपर्ने अवस्था छ । वर्षौंदेखि यस्तो समस्या झेलिरहेको धरानबासी आफैं जागरुक भएर धर्नामा उत्रिएका भने होइनन् । धराने युवाहरुलाई जागरुक बनाउनको लागि काठमाडौंबाट ‘हामी नेपाल’ को टोली गएको थियो ।

काठमाडौं निवासी ‘हामी नेपाल’ का अध्यक्ष सुदन गुरुङले व्यक्तिगत कामले पूर्व गएको बेला दुर्घटनामा परेको एक जना बिरामीको सहयोगक लागि बीपी अस्पताल पुगेका थिए । देशकै ठूलो भनिएको स्वास्थ्य संस्थाको आकस्मिक कक्ष देखेर उनी अचम्ममा परे ।

बिरामी बोक्ने ट्रली, ह्वील चेयर नभएर आफन्तहरुले बिरामीलाई बोकेर सारिरहेका थिए । बेड नभएर बिरामी भुइँमै सुतिरहेका थिए । उनी सम्झन्छन् ‘हुन त यो धेरै अस्पतालको दुर्दशा हो । तर, देशकै ठूलो र प्रतिष्ठित अस्पतालको त्यो दृश्य देखेर मलाई साँच्चै पीडा भएको थियो ।’

त्यसपछि सुदनले वीपीमा अनियमितता रोक्न भएको आन्दोलन, उच्चस्तरीय समितिको प्रतिवेदनबारे पढे, सुने । उच्चस्तरीय छानबिन समितिले प्रतिष्ठानमा भएको विवाद अध्ययन गरी सुशासन, पारदर्शिता र यसअघिका अनियमितता भएको भन्दै पदाधिकारीहरूलाई कारबाहीको सिफारिस गरेको थियो ।

सरकारले सिनेट बैठकबाट विवादित पदाधिकारीहरूलाई हटाउन खोजे पनि सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि रोकिएको छ । यी सबै थाहा पाएपछि सुदनले धरानको युवाहरुलाई जगाउनुपर्छ भन्ने महसुस गरे ।

त्यसपछि सुदनले ‘हामी नेपाल’ मा साथीहरुसँग कुरा गरे । सुदनको कुरासँग उनका साथीहरु सहमत भए र सुदन सहित कम्युनिकेसन अफिसर श्रृष्टि श्रेष्ठ, कार्यसमिति सदस्य विधान श्रेष्ठ गरी तीन जना धरान गए ।

उनीहरुले गर्न खोजेको काम र उद्देश्यबारे सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममार्फत स्थानीय युवालाई जानकारी दिए । त्यसपछि उनीहरुको आन्दोलनमा स्थानीयको सहभागिता बढ्दै गयो ।

‘धर्नामा किन सहभागी हुने भनेर हामीले बुझाउने प्रयास गर्‍यौं तर निक्कै गाह्रो भयो । तर, अहिले यो धर्ना आफ्नै लागि हो भन्ने बुझ्नुभएको छ । सहभागिता बढ्दै गइरहेको छ’ उनले भने ।

‘हामी नेपाल’ले विभिन्न चार बुँदे माग राखेर आन्दोलन गरिरहेको छ । पहिलो मागमा अस्पतालको एमआरआई मेसिन बनाउनुपर्ने, भिडियो एक्सरेको सुविधा दिनुपर्ने लगायतका तत्काल कार्यन्वयन गर्न सकिने विषय छन् ।

दोस्रो बुँदामा २५ वर्षयताका पदाधिकारीको सम्पत्ति छानबिन हुनुपर्ने, तेस्रोमा प्रतिष्ठानमा भएका खरिद प्रक्रियाका कागजात वेबसाइटमा राखिनुपर्ने, चौथोमा यस्ता सामान्य र अस्पतालका आधारभूत सेवा पनि दिन नसक्ने हो भने पदाधिकारीहरुले राजीनामा दिनुपर्ने माग राखेका छन् ।

यो धर्ना कसैसँग सम्झौता गर्ने भन्दा पनि सेवामा परिवर्तन आएपछि मात्रै रोकिने अध्यक्ष गुरुङले बताए । प्रतिष्ठानमा औषधी पसलमा औषधी नपाइने, एमआरआई गर्न बाहिर जानुपर्ने, सामान्य अवस्था (माहामारी) मा पनि आईसीयू बेड नपाएर अर्को अस्पताल अथवा विराटनगर जानुपर्ने अवस्था हुन नहुने उनीहरुको बुझाइ छ ।

केही दिनअघि उपकुलपति डा. ज्ञानेन्द्र गिरीको फोन नम्बर सार्वजनिक गर्दै चुस्त सेवा दिन दबाव दिएका थिए । उनीहरुको शान्तिपूर्ण धर्नाले भित्र केही परिवर्तन भइरहेको सुनिन थालेको छ ।

‘हामी नेपाल’ की कम्युनिकेसन अफिसर श्रृष्टि श्रेष्ठले औषधी पसलमा औषधी थप गरिएको, केही नयाँ स्टे«चर थप भएको जानकारी पाएको बताइन् ।

घुसपैठ रोक्न सीसीटीभी जडान

युवाहरुको अभियानमा धरानका मेयर तिलक राईले पनि सहयोग गर्ने बताएका छन् । धर्ना स्थलमा युवाहरुलाई सम्बोधन गर्दै उनले धरानेको लागि भएको अन्दोलनमा साथ रहने बताए ।

‘यो कुनै राजनीतिक दल अथवा संगठनले गरेको होइन । स्वतन्त्र युवाहरुले आफ्नो लागि आफैं गरिरहेको भएर मेरो साथ छ, रहन्छ’ उनले भनेका छन् ।

स्थानीय तहको चुनाव नजिक आएपछि आन्दोलनमा राजनीतिक घुसपैठ हुन सक्ने जोखिमप्रति युवा सचेत छन् । त्यस्तो हुन नदिन धर्नास्थलमा सीसीटीभी समेत जडान गरिएको छ ।

आन्दोलनलाई राजनीतिक एजेण्डा बनाउन र आन्दोलनमा सहभागीलाई भड्काउन सक्ने जोखिम भएकोले स्थानीयको सहयोगमा सीसीटीभी जोडिएको हामी नेपालका अध्यक्ष गुरुङले बताए ।

हरेक दिन धर्नामा सहभागी स्थानीय युवा विमल राईले भने ‘हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका छौं । अस्पतालको सेवामा हाम्रो धर्नाले नकारात्मक असर नपरोस् भन्नेमा हामी सचेत छौं ।’

  • 'घोपा बचाउ’
बुधबार, चैत ३०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा
आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित
भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ६.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ५.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ७.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ८.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.