अखिल (क्रान्तिकारी)ले जुम्ला,मकवानपुर,नवलपरासी,रूपन्देही भैरहवा छात्रा विभागले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । छात्राहरुमाथि हुने विभिन्न हिंसात्मक गतिविधिहरुको सुरक्षाको माग गर्दै विभागले हरेक जिल्ला प्रशासनमा सो पत्र बुझाएको हो ।
बलिदान र सङ्घर्षको रक्तरञ्जित निर्माण गर्दै सडकबाघको रुपमा स्थापित हाम्रो महान तथा गौरवशाली सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) शिक्षा क्षेत्रमा देखिएका इतिहासविकृति, विसङ्गति, सामाजिक अपराधका विरुद्धमा र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सदैव सङ्घर्ष गर्दै आइरहेको सवैमा सर्वविदितै छ ।
पछिल्लो समय देशभर शिक्षालयहरूमा छात्राहरू विभिन्न खाले हिंसाका शिकार भइरहेका छन् । त्यसमध्ये यौनहिंसा प्रमूख रहेको छ । छात्राहरू शिक्षालयमा नै असुरक्षित भइरहेका छन् । देशभर छात्राहरूमाथि भइरहेको यौनहिंसाविरुद्धमा सरकारले चालेको अपर्याप्त र सुस्त कदमप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालमा यससम्बन्धी कडा कानुन नहुनु र भएको कानुन पनि सहि तरिकाले कार्यान्वयन नहुनु प्रमूख समस्या रहेको छ ।एमसिसि जस्तो राष्ट्रघाती सम्झौता सजिलै सदनबाट पास गर्ने फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश -२०७७” पास नगरि दोषीलाई सजायबाट उम्काउन लागेको भान भएको छ ।
त्यसकारण उक्त अध्यादेश तत्काल पास गरि कार्यान्वयनमा ल्याउन र आगामी दिनमा यसप्रकारका आपराधिक क्रियाकलाप हुन नदिनका लागि ठोस योजना बनाइ अपराधीहरूमाथि कडा भन्दा कडा कार्वाहीको माग गर्दछ ।
हाम्रो सङ्गठन देभरभर भइरहेका छात्रामाथि यौनहिंसाको घटनाहरूको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारवाही गर्न र छात्राहरूलाई शिक्षालयहरूमा सुरक्षित र हिंसारहित वातावरणमा अध्ययन गर्न पाउने अधिकारको सुनिश्चितता गर्न जोडदार मागसहित यो ज्ञापनपत्र पेश गर्दछ ।