• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

चुनाव हार्ने डरले झापा क्षेत्र नम्बर ५ छोड्दैछन् केपि ओली……???

एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली आउँदो संसदीय निर्वाचनमा उम्मेदवार हुने क्षेत्र हेरफेरको सम्भावना बढ्दो छ । गत निर्वाचनमा उहाँ राप्रपा र माओवादीसँग तालमेल गरेर झापाको ५ नम्बर क्षेत्रबाट सांसद चुनिनुभएको थियो । यो क्षेत्रमा अहिले पनि राजेन्द्र लिङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको पकड छ ।

एमाले फुटेको छ भने माओवादी केन्द्र पनि ओलीको साथमा छैन । यस क्षेत्रमा दमक र गौरादह नगरपालिका, कमल र गौरीगञ्ज गाउँपालिका पर्छन् । गत निर्वाचनमा दमकको मेयरका निम्ति राप्रपाका राम थापाले दोस्रो र माओवादी केन्द्रका गगन पुरीले तेस्रो स्थान हासिल गरेका थिए । एमालेका रामनाथ ओलीले करिब ७ सयको मतान्तरले मात्र जितेका हुन् ।

सिमानाको गौरीगञ्ज गाउँपालिका अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठले जितेका छन् भने एमाले पाँचौँ स्थानमा थियो । जिल्ला अध्यक्ष दीपक कार्कीको घर गाउँ गौरादह नगरपालिकामा एमालेबको वर्चश्व छ र पनि मेयरमा नेपाली कांग्रेसका रोहितकुमार साहले जितेका छन् । कमल गाउँपालिकामा कांग्रेस र एमालेका उम्मेदवारले बराबर मत पाउँदा एमालेको तर्फबाट मेनुका काफ्लेले जितेकी हुन् ।

यसै कारण राप्रपासँग चुनावी तालमेल नहुने अवस्थामा ओलीले यो क्षेत्र त्यागेर २ नम्बरतिर जाने सम्भावना बढेको छ । रामजन्मभूमि र हिन्दू मूर्तिको आराधनाजस्ता आफ्ना घोषित मुद्दा खोसेपछि राप्रपा ओलीसँग रुष्ट देखिन्छ । ओलीसँग एमसीसी टेबल गर्ने, बिआरआईलाई रोक्ने भूमिकाको कारण चिनियाँ खुशी छैनन् भने भारतीय पनि दंगदासै भैहाल्ने स्थिति होइन ।

राति राति रअका हाकिमसँग मुलाकात गरे पनि बाहिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई राममन्दिरको विषयमा चुनौती दिएकाले दक्षिणी संस्थापन पक्ष ओलीदेखि रुष्ट भएको बताइन्छ । अमेरिका खुशी भएर मात्रै चुनाव जित्न कठिन हुने भएपछि ओलीले सुरक्षित चुनावी क्षेत्र खोजी गर्न शुरु गरेको स्रोतको दाबी छ ।
अहिलेलाई ओलीका निम्ति झापाको २ नम्बर क्षेत्र सुरक्षित बन्ने सम्भावना रहेको बताइन्छ । यसअघि एकपल्ट करिब १७ मतको अन्तरले भए पनि ओलीले नेपाली कांग्रेसकी उम्मेदवार सिके प्रसार्इंकी जीवनसंगिनी गिरिराजकुमारी प्रसाईंलाई हराउन सफल हुनुभएको थियो । र, त्यसबेला सीपी मैनालीले तेस्रो मत पाएका थिए ।

यदि, ओली त्यहाँबाट उठ्ने मनस्थितिमा पुगे भने अग्नि खरेल र पवित्रा निरौला खरेललाई अन्तकतै व्यवस्थापन गर्नुपर्ने हुन्छ । पूर्वमन्त्री अग्नि खरेल अहिले क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीसाथ बिर्तामोडमा घरजग्गा जोडेर बसिसकेका छन् ।अध्यक्ष ओलीको अस्थिर स्वभाव र इगोसँग परिचित खरेललाई ०५४ सालमा पार्टी विभाजन हुँदा २ वर्षपछि उहाँ झापाको दुई निर्वाचन क्षेत्रबाट चुनाव लडेको राम्रै सम्भावना छ । अग्नि खरेल र ओली जो आए पनि आफ्नो क्षेत्र छोड्न पर्ने अवस्थाका मार्सी दुर्गा प्रसाईले भने ३ नम्बर क्षेत्रबाट चुनाव लड्ने तयारी गरिरहेका छन् ।

ओलीले उनलाई कांग्रेस नेता कृष्ण सिटौलाविरुद्ध उम्मेदवार बनाएर मैदानमा पठाउने तयारी देखिन्छ । अहिलेदेखि नै प्रसाई उक्त क्षेत्रमा दौडधुप गर्दैछन् । उनले घरघर गएर ३ हजार ५ सय तिर्दै परिवारका पाँच जना सदस्यसम्मको स्वास्थ्य बिमा गर्दै हिँडेका छन् । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम प्रसाईंको निम्ति ‘फाइदै फाइदाको काइदा’ भनेजस्तै भएको जानकार बताउने गरेको जनआस्थाले लेखेको छ ।

  • ......????
  • केपि ओली
  • क्षेत्र न. ५
  • चुनाव
  • छोड्दै
  • झापा
  • डरले
  • हार्ने
आइतबार, चैत ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.