काठमाडौँ : नेकपा माओवादी केन्द्रले तीनै तहको निर्वाचन एकैपटक गर्न वातावरण बनाउने भएको छ ।
शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको निवर्तमान स्थायी कमिटी सदस्य तथा आयोगका अध्यक्षहरुको बैठकले स्थानीय तह, प्रदेश र संघीय निर्वाचन एकैपटक गर्नका लागि आवश्यक परामर्श गरेर वातावरण बनाउने निर्णय गरेको हो ।
प्रवक्ता कृष्णबहादुर महराले आर्थिक मितव्ययीताका लागि तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्नेमा आफ्नो पार्टीको धारणा रहेको र यसमा आवश्यक परामर्श गरिने बताउनुभयो ।
माओवादी बैठकले कोरोनाको ओमिक्रोन भेरियन्ट नियन्त्रणमा नआएसम्म तत्कालन जनपरिचालनको जिम्मेवारी पार्टी अध्यक्षलाई नै दिएको छ साथै बाँकी रहेका संगठनात्मक कामहरू टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष प्रचण्डलाई नै दिने निर्णय भएको प्रवक्ता महराले जानकारी दिनुभयो ।