• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ५. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न


गैंडाकोट । गैंडाकोट नगर स्तरीय बाल सञ्जालले “राष्ट्रिय बाल दिवस–२०८३” को अवसरमा आयोजना गरेको सप्ताहव्यापी विशेष कार्यक्रम विभिन्न सचेतनामूलक, प्रतिबद्धता, छलफल तथा सम्मान कार्यक्रमसहित सम्पन्न गरेको छ।

भदौ २२ गते लागूऔषधविरुद्ध सचेतनामूलक पोस्टर टाँस गर्दै सुरु भएको कार्यक्रम भदौ २३ गते जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेका ७९ जना तथा भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका बालबालिकाको सम्झनामा श्रद्धाञ्जली तथा दीप प्रज्ज्वलन कार्यक्रम गरिएको थियो।

नगर प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित पोस्टर टाँस कार्यक्रममा पहिलो चरणमा नगरपालिका कार्यालय परिसरमा पोस्टर टाँस गरिएको थियो। त्यसपछि नगरका सबै वडा कार्यालय तथा विभिन्न सार्वजनिक स्थलमा समेत सचेतनामूलक पोस्टर टाँस गर्ने कार्यक्रम अघि बढाइएको बाल सञ्जालले जनाएको छ।

भदौ २३ गते आयोजित दीप प्रज्ज्वलन कार्यक्रममा जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेका ७९ जना तथा भोटेकोशी बाढीमा परी ज्यान गुमाएका बालबालिकाको चिरशान्तिको कामना गरिएको थियो। कार्यक्रममा नगर प्रमुख अधिकारीले ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस्ता दुःखद घटना आगामी दिनमा दोहोरिन नदिन आवश्यक पहल र प्रार्थना गर्नुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, भदौ २४ र २५ गते गैंडाकोट नगरपालिकालाई यही चैत मसान्तभित्र बालमैत्री पालिकाका रूपमा स्थापना गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो। नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्य तथा जनप्रतिनिधि, नगर स्तरीय बाल सञ्जाल, विभिन्न शाखाका प्रमुख, नगर तथा वडा बालमैत्री सहजकर्ता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापक लगायतको सहभागितामा नगर प्रमुखमार्फत शपथ ग्रहण गरी बालमैत्री पालिका निर्माणका लागि प्रतिबद्धता जनाइएको थियो।

भदौ २६ गते “Discussion on Climate Injustice for Children” विषयमा विशेष छलफल कार्यक्रम सञ्चालन गरिएको थियो। बेटर चितवनका संस्थापक अध्यक्ष तथा लामो समयदेखि वातावरण संरक्षण क्षेत्रमा क्रियाशील इन्जिनियर सागर कार्कीको प्रशिक्षणमा नगरपालिका अन्तर्गतका विभिन्न आधारभूत तथा माध्यमिक तहका विद्यालयका विद्यार्थी सहभागी भएका थिए।

छलफलमा जलवायु परिवर्तन, जलवायु अन्याय, त्यसको बालबालिकामा पर्ने प्रभाव तथा न्यूनीकरणका उपायबारे जानकारी र अन्तरक्रिया गरिएको थियो। सहभागी विद्यार्थीहरूले कार्यक्रम समयसापेक्ष र प्रभावकारी रहेको तथा यसबाट जलवायु परिवर्तन र त्यसको बालबालिकामाथिको प्रभावबारे महत्वपूर्ण जानकारी प्राप्त भएको बताएका थिए।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम चरणमा बालमैत्री क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा गैंडाकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद आचार्यले नगर बाल सञ्जालले सञ्चालन गर्दै आएका गतिविधि तथा कार्यक्रमको प्रशंसा गर्नुभयो।

उहाँले बाल सञ्जालका गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न सञ्जालका सल्लाहकार विशाल सापकोटाले पुर्‍याउँदै आएको भूमिका, साथ र सहयोगको समेत प्रशंसा गर्नुभयो।

सम्मानित सञ्जालका सल्लाहकार विशाल सापकोटाले गैंडाकोट नगरपालिकाको बालमैत्री योजना कार्यान्वयनमा नगर बाल सञ्जालले निरन्तर साथ र सहकार्य गर्नुपर्ने बताउँदै नेपालभर उदाहरणीय तथा नमुना बाल सञ्जालका रूपमा स्थापित हुने गरी काम गर्न आग्रह गर्नुभयो।

विभिन्न सचेतनामूलक तथा सहभागितामूलक कार्यक्रममार्फत बाल अधिकार, बालमैत्री वातावरण र वातावरणीय न्यायका विषयलाई जोड दिँदै सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरिएको बाल सञ्जालले जनाएको छ।

आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै
चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित
एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ५.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • २.
    नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

  • ३.
    आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

  • ५.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • ६.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ७.
    आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

  • ८.
    आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.