• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

लोकप्रिय समाचार

  • १. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ५. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ६. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ७. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ९. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

चुरे विनाशको असरः केही वर्षअघि गाउँ रहेको ठाउँ अहिले मरुभूमि


ढल्केबर, फागुन ८-  कुनै समय धनुषा जिल्लाको छिरपोखरी गाउँ हराभरा थियो। करिब १०० घरधुरी भएको यो गाउँ कृषिमा आत्मनिर्भर थियो। पिउने पानीका लागि इनार र सिँचाइका लागि मूलको पानी प्रयोग गरिन्थ्यो।

उब्जनी पनि राम्रो हुन्थ्यो र समुदायबीच गहिरो सामाजिक सम्बन्ध थियो तर अहिले छिरपोखरी गाउँ नै छैन। त्यहाँ अहिले केवल फराकिलो मरुभूमि मात्र छ।

आजको गोरखापत्र दैनिकमा समाचार छ, २०४४ साउनको अन्तिम सोमबार जलाद नदीमा आएको विनाशकारी बाढीले यो गाउँ पूरै बगायो। जलाद नदीले बर्सेनि जमिन कटान गर्दै गाउँलाई खतरामा पारिरहेको थियो। अन्ततः उक्त बाढीले गाउँलाई अस्तित्वहीन बनायो तर खनेर ढलान गरिएका दुई इनार अझै पनि अवशेषका रूपमा उभिएका छन्। ती इनार नै अहिले गाउँको अन्तिम चिनारी बनेका छन्।

छिरपोखरी बस्ती बगाउँदा ६० वर्षीय राजकिशोर यादव किशोरावस्थामा थिए। त्यो दिन सम्झिँदै भने, ‘त्यस दिन बिहानदेखि परेको पानीले खोलाको बहाव मोडिएपछि बस्तीतर्फको जमिन कटान हुन थाल्यो। म नवविवाहित थिएँ। भाइबहिनीहरू स(साना थिए। बाढीले गाउँमा क्षति पुर् याउन थालेपछि हामीले घर उखेलेर काठबाँस जोगाउन खोज्यौँ। केही लत्ताकपडा र अन्न खेतसम्म पुर्‍यायौँ। तर धेरै धानचामल हिलोमै अड्कियो।’

७० वर्षीय ललितबहादुर बुढाथोकी आज पनि पौने एक घण्टा हिँडेर त्यो मरुभूमि हेर्न जान्छन्। उनी भन्छन्, ‘हेर्दाहेर्दै सबैथोक बगायो। म मात्र होइन, गाउँभरिका मानिस एकसाथ बर्बाद भयौँ।’ उनका अनुसार २०४२ सालताका नदी सोझै बग्थ्यो तर बिस्तारै नागबेली बन्दै गाउँ कटान गर्न थाल्यो। २०४४ सालमा त पूरै गाउँमै नदी पस्यो। छेडीपोखरीमा खेती गर्दै आएका किसान बाढीपछि भूमिहीन बन्न पुगेको बुढाथोकीले बताए।

छिरपोखरीका बासिन्दा विस्थापित भएपछि करिब दुई किलोमिटर परको अग्लो जमिनमा गएर बसोवास गर्न थाले। अहिले त्यो ठाउँ क्षीरेश्वरनाथ नगरपालिकाको वडा नम्बर ६, सखुवा बजार नयाँ टोल भनेर चिनिन्छ। बुढाथोकी भन्छन्, ‘हामीले बसाइँ सरेर नयाँ बस्ती बसायौँ। अहिले छिरपोखरीबाट आएका करिब ६५ र अन्यत्रबाट गरी यहाँ १५० भन्दा बढी परिवार छन्।’ त्यहाँ रहेको इनार देखाउँदै उहनले यो इनार अहिले जति अग्लो देखिन्छ, त्यति नै उचाइमा यहाँ गाउँ रहेको जानकारी दिए। पहिले जलाद खोलाको चौडाइ ४०० मिटर मात्र रहेको र हाल यो करिब एक हजार मिटरभन्दा बढी भइसकेको बुढाथोकीको भनाइ छ।

गाउँको इतिहास २०० वर्ष पुरानो रहेको मानिन्छ। करिब दुई वर्षअघि थारू समुदायका मानिसले पहिलो पटक घर बनाएर बस्न शुरु गरेको बुढापाकाको भनाइ छ। त्यसपछि अन्य समुदायको प्रवेशसँगै बस्ती विस्तार भएको थियो।

सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेशका अध्यक्ष सोमप्रसाद शर्माले यो घटना चुरे विनाशको सुरुवाती दिनको डरलाग्दो भएको बताए।

बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन
पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो
दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

लोकप्रिय

  • १.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ५.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ६.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

भर्खरै

  • १.
    आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

  • २.
    डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ३.
    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

  • ४.
    तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

  • ५.
    पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

  • ६.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ७.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.