• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

सन्दर्भः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस सम्मानित बुढ्यौलीका लागि अनिवार्य कर्म


काठमाडौँ, १५ असोज (रासस): आजभन्दा २३ वर्षअघि अर्थात् २०५८ सालको यसै फेरोमा नेपालकै ऐतिहासिक एक पुस्तक प्रकाशित भयो । नेपाल सहभागिमूलक कार्य समूह (नेपान) ले ‘बुढ्यौली आवाज’ नामक पुस्तकको प्रकाशन गरेको थियोे । पुस्तकमा नेपालका पूर्वमेचीदेखि पश्चिममहाकालीसम्मका विभिन्न जातीय तथा भौगोलिक प्रतिनिधित्व गर्ने करिब सात हजार जनाको आवाज समेटिएका थिए । गाउँगाउँ पुगेर सहभागितात्मक ढङ्गबाट स्थानीय वृद्धवृद्धा तथा परिवार र समाजका अन्य व्यक्तिसँग बृहत् छलफल, भलाकुसारी तथा कुराकानीका आधारमा  ‘नेपान’ तथा ‘हेल्पएज नामक’ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहकार्यमा ‘बुढ्यौली आवाज’ निकाल्ने काम सम्पन्न भएको थियो ।

उक्त अनुसन्धानात्मक पुस्तक प्रकाशनपश्चात् नै नेपालमा बुढ्यौली आवाजहरू थप मुखरित भएका थिए । नेपालका गण्यमान्य व्यक्ति स्व हुतराम वैद्य, विकासकर्मी हुकुमबहादुर सिंह तथा मानबहादुर थापा, यो पङ्क्तिकार, दशरथ मोक्तान तथा डा युवराज लुइँटेलको विशेष पहल र नेतृत्वमा उक्त सहभागिमूलक अनुसन्धान गरिएको थियो । अनुसन्धान सञ्चालन गर्ने टोलीमा कम्तीमा ५० जनाको सक्रिय सहभागिता रहेको थियो । उक्त ऐतिहासिक र बृहत् कार्यले नै नेपालमा ‘ज्येष्ठ नागरिक’ को हो र बुढ्यौली भनेको के हो भन्ने कुरा स्पष्ट व्याख्या हुनुपर्ने, ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित हुनुपर्ने, बुढ्यौली जीवनलाई सहज बनाउनका लागि सरकारी, गैरसरकारी तथा निजी प्रयासलाई एकीकृत गरी कार्य गर्नुपर्नेलगायत ३५ बुँदा सिफारिस गरेको थियो । ती सिफारिसका आधारमा नै नेपालको ज्येष्ठ नागरिक अधिकार सुनिश्चितताको मार्ग अघि बढेको थियो । ज्येष्ठ नागरिकका सवालमा सरकारलाई अघि बढ्न सहज भएको थियो । २०६३ सालमा पहिलोपल्ट ज्येष्ठ नागरिक ऐन बन्नु र २०६५ सालमा ज्येष्ठ नागरिक नियमावली बन्नु ती अभियानमुखी कर्मका परिणाम थिए भन्न हिच्किचाउनु पर्दैन ।

झन्डै अढाइ दशक बितिसकेको छ । नेपालमा ज्येष्ठ नागरिकका मामलामा धेरै काम भएका छन् । ज्येष्ठ नागरिकहरू सङ्गठित भएका छन्, ज्येष्ठ नागरिक महासङ्घ नै बनेको छ, ज्येष्ठ नागरिक ऐन २०६३ को पनि संशोधन र परिमार्जन भएको छ । ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा होइन घर र समाजमा नै पालनपोषण, हेरचाह र सम्मानित जीवन जिउने वातावरण सिर्जना गरिनुपर्ने नयाँ सोच, मर्म र भावनाको पनि दिनानुदिन विस्तार भइरहेको छ । तर गर्नुपर्ने काम धेरै छन् । केही उपलब्धि हुँदैमा चुप लागेर बस्ने अवस्था छैन । २०५८ सालतिर नेपालमा ६० वर्ष नाघेका व्यक्तिको जनसङ्ख्या करिब छ प्रतिशतमात्र थियो भने २०८१ सम्म आइपुग्दा त्यो सङ्ख्या १० प्रतिशत पुगेको छ । बुढ्यौली उमेरको जनसङ्ख्या अनुपात वर्षेनि बढ्दैछ । विश्वभर नै यो प्रवृत्ति कायम छ । हामीले जापानका अनेक कथा सुन्ने गरेका छौँ । त्यहाँ ज्येष्ठ नागरिकको जनसङ्ख्या झन्डै २५ प्रतिशत पुगेको बताइन्छ ।

नेपालमा पनि भोलिका दिनमा त्यो अवस्था नआउला भन्न सकिन्न  । किनकि नयाँ पुस्तामा ढिलो विवाह गर्ने चलन बढेको छ, छोराछोरी जन्माउने क्रम ह्वात्तै घटेको छ । जीवनशैली महँगो बन्दै गएको छ । शिक्षा, स्वास्थ्योपचार, खानपान, लत्ताकपडा, घर निर्माण आदि कार्यमा थेग्नै नसकिने गरी मूल्य वृद्धि हुँदै जाँदा नयाँ पुस्तालाई जीवन धान्न पनि कठिन बन्दै गएको छ । जीवन थप चुनौतीपूर्ण र प्रतिस्पर्धी भएसँगै हरेक दम्पतीले एकभन्दा बढी बच्चा जन्माउन सोच्नैपर्ने अवस्था आएको छ । आम्दानी बढाउनका लागि लाखौँ युवा विदेश पलायन हुनुका पछाडि, गाउँगाउँ र बस्तीबस्तीबाट कल्कलाउँदा युवाहरू शहर पस्नुुका पछाडि माथि उल्लिखित चुनौती तथा प्रतिस्पर्धी जीवनको होडले काम गरिरहेको छ ।

शिक्षा, स्वास्थ्य र आधारभूत सेवालाई सर्वसुलभ र सर्वपहुँचको लक्ष्य पूरा गर्नेमा सरकारी प्रयास अझ पनि सफल हुन सकिरहेको छैन । पछिल्लो समयका विपद्जन्य नियमित घटना र दुर्घटनाहरूले सरकारी स्रोत–साधन पनि विपद् व्यवस्थापनमा खर्च गर्नुपर्दा विकासमूलक प्रयासमा थप चुनौती थपिएको यथार्थ छ । अबका दिनमा जलवायुजन्य तथा मौसमी घटना र दुर्घटनाहरू बढ्दै जाने नै हुन् । यसले गर्दा हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रले नै सबै कुरा पन्छाएर नै विपद् र जोखिमसँग जुध्ने सामथ्र्य पनि बढाउनुपर्ने अवस्था छ । यी सबैको प्रभाव सबैभन्दा बढी ज्येष्ठ नागरिकमा पर्छ । ज्येष्ठ नागरिक र बालबालिकालाई विपद्जन्य घटनाहरूले पहिलो सिकार बनाउँछन् । चाहे भुइँचालो होस्, महामारी होस्, बाढी–पहिरो होस्, हावा–हुन्डरी होस्, आगलागी होस्, अत्यधिक गर्मी वा जाडो होस्, ती सबैको मार बुढ्यौली जीवन बिताइरहेका व्यक्तिहरूमा बढी पर्छ भन्ने कुरा विभिन्न अध्ययन तथा तथ्याङ्कहरूले पुष्टि गरिसकेका छन् ।

अझ त्यसमा पनि अपाङ्गता भएका ज्येष्ठ नागरिक, दलित, महिला, विपन्न तथा सहाराविहीन नागरिकलाई विपद् तथा महामारीले बढी गाँज्ने गरेको कुरा हामी सबैलाई थाहा छ । चुनौतीपूर्ण ज्येष्ठ जीवनलाई कसरी सहज र सम्मानजनक बनाउने भन्ने कुरा विश्वव्यापीरूपमा नै अहिलेको मूल चासो भएको छ । बुढ्यौली जीवन हेयको जीवन नबनोस् र बाँच्न मन नलाग्ने नबनोस् भनेर हरेक नागरिक सचेत, ऐक्यबद्ध र असल सहकर्मी एवं अभियानकर्मी बन्नुपर्ने अवस्था आएको छ । अक्टोबर १ तारिखका दिन हरेक वर्ष विश्वभर ज्येष्ठ नागरिक दिवस मनाइन्छ । यसको अर्थ पनि व्यक्ति–व्यक्ति, समाज–समाज र राष्ट्र–राष्ट्रमा यस सवालमा सचेतना, पहल, चासो, चिन्तन र नतिजामुखी कर्म बढून् र विश्वभरका वृद्धजनले सुखी, समृद्ध, स्वस्थ, सुस्याहारयुक्त र सम्मानीत जीवन बाँचिरहेको अनुभूति लिएर बाँच्न पाऊन् भन्ने नै हो ।

सम्मानित बुढ्यौली

यस वर्षको ३४औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको नारा ‘सम्मानीत बुढ्यौली’ रहेको छ । यसको अर्थ हो बुढ्यौली जीवनलाई सबैले सम्मान गरौँ, आदर गरौँ, उहाँहरूको जीवनलाई सकेसम्म सहज, सुस्वस्थ र मर्यादित बनाऔँ भन्ने हो । तर यी कुरा भन्न जति सजिलो छ, गर्न कठिन छ । हरेक व्यक्ति र हरेक समाजमा थप चेतना, ज्ञान र प्रतिबद्धताको भावना नआएसम्म नाराले आह्वान गरेका काम र लक्ष्य पूरा गर्न कठिन छ । यस मामिलामा सरकार नै अपेक्षित ढङ्गले अघि बढ्न सकेको छैन । प्रयासहरू अत्यन्तै सीमित भएका छन् । नीति बनाउने, कर्ममा नउत्रने समस्याले हामी जकडिएका छौँ । कानुन बनाउने कार्यान्वयन नगर्ने रोगले हामी ग्रस्त छौँ ।

ज्येष्ठ नागरिकका सवाल र मर्म बुझ्ने व्यक्ति नीति–निर्माण तहमा पुग्न पाएका छैनन् । पुग्नेले कुरा बुझ्नै सकेका छैनन् । बुझ्ने पनि एकैठाउँमा बसेर काम गर्नै पाउँदैनन् । यो नेपालको विडम्बना हो । मेरो साढे दुई दशकको ज्येष्ठ नागरिकसम्बद्ध अनुभवले पनि यही भन्छ । पछिल्लो समय ‘सरकार’का रूपमा आएका प्रदेश सरकार तथा स्थानीय सरकारहरू पनि त्यसै हराएका छन् । आफ्ना शासनाधिकार, लक्ष्य र उद्देश्यमा अनपेक्षित अलमलमा छन् । ती सरकारहरूले पनि अपेक्षा गरेअनुरूप आफ्नो प्रदेश र स्थानीय तहमा काम गर्न सकेनन् । जसले गर्दा वृद्धवृद्धाका सवाल ओझेलमा परेको स्थिति छ ।

भत्ता बाँडेर मात्र सम्मानित जीवनको लक्ष्य प्राप्ति हुन सक्दैन भन्ने कुरामा हामी जानकार हुनैपर्छ । यसका लागि विद्यालय तहदेखि सचेतना अभिवृद्धि गर्ने, यथोचित पाठ्यक्रम तथा पाठ्यपुस्तक बनाउने, अनौपचारिक नागरिक शिक्षालाई समेत सशक्त, विस्तारित र प्रभावी बनाउने; ज्येष्ठ नागरिकको स्याहार–सुसारमा परिवारलाई नैतिक तथा कानुनी हिसाबले थप प्रतिबद्ध बनाउने, राम्रो गर्नेलाई प्रोत्साहित एवं पुरस्कृत गर्ने, हालसम्म बनाइएका र अब बनाउने पूर्वाधारहरूलाई सक्दो बुढ्यौलीमैत्री बनाउने; उचित ज्ञान, सीप, वातावरण र मनोबल अभिवृद्धिका आधारमा ज्येष्ठ नागरिकलाई पनि सक्रिय बुढ्यौली जीवन जिउन र आफूले सक्ने काम गर्नमा उत्प्रेरित गर्ने, त्यस्तो काम गर्ने ज्येष्ठ नागरिकलाई कदर र सम्मान गर्ने वातावरण बनाउनेजस्ता काम अहिलेका प्राथमिकता हुनुपर्छ ।

साथै, ज्येष्ठ नागरिकका अथाह ज्ञान–अभिलेख गर्ने र प्रकाशन तथा विस्तार गर्ने कार्य, अशक्त र बेसहारा ज्येष्ठ नागरिकको जिम्मा सम्बन्धित पालिकाले नै लिने परिस्थितिको सिर्जना, ज्येष्ठ नागरिकका समूह तथा क्लबहरूलाई उचित सहजीकरण तथा सहयोग प्रदानका आधारमा क्रियाशील तुल्याउने कार्य, दिवा मिलन केन्द्रको सबलीकरण तथा नियमित परिचालन गर्ने कार्यमा पनि हाम्रो ध्यान जानु जरुरी छ । अपार सम्भावना र कार्यक्षेत्र भएर पनि ज्येष्ठ नागरिक महासङ्घ अपेक्षित क्रियाशील नबनेको अवस्था छ, अब ब्युँतिनुपर्छ । सात प्रदेश, ७७ जिल्ला र ७५३ पालिकामा नै ज्येष्ठ नागरिक महासङ्घको सञ्जाल विस्तार गरी ज्येष्ठ नागरिकसम्बद्ध अधिकारको सही कार्यान्वयन गर्ने र सोका लागि घच्घच्याउने कार्यमा थप सशक्तता अहिलेको समयको अपरिहार्य माग हो । ‘सम्मानित बुढ्यौली’को नारा सार्थक पार्न हरेक ज्येष्ठ नागरिक, युवायुवती तथा बालबालिकाको उत्तिकै भूमिका छ । सरकारी मात्र होइन, गैरसरकारी, निजी तथा सहकारी प्रयास पनि यसका लागि अनिवार्य छ । जय ज्येष्ठ जीवन !
(लेखक ज्येष्ठ नागरिक सवालका अनुसन्धाता, नेपाल सहभागिमूलक कार्य समूह, नेपानका पूर्वअध्यक्ष हुनुहुन्छ)

मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.