• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

सुन आयात ४० प्रतिशतले घट्यो


काठमाडौँ, असार २४-  ११ महिनामा बजारमा सुनको आयात ४० प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सुनको आयात ४० प्रतिशतले घटेर २५ अर्ब ७४ करोड २५ लाख ७७ हजार रुपियाँ बराबरको दुई हजार ६५१ केजी सुन आयात भएको छ । गत वर्ष सो अवधिमा ४३ अर्ब ५३ करोड ९२ लाख ८८ हजार रुपियाँको आयात भएको थियो । यो वर्ष सुनको मूल्य लगातार बढेपछि बजारमा खपत कम हुँदा आयातमा समेत कमी आएको हो । गत आवभरिमा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको सुन आयात भएको थियो ।

यसैबिच चाँदीको आयात भने ३४ प्रतिशतले बढेको छ । विभागको तथ्याङ्क अनुसार चालुु आवको ११ महिनामा तीन अर्ब १५ करोड १३ लाख १७ हजार रुपियाँ बराबरको चाँदी आयात भएको छ । गत वर्ष सो अवधिमा दुुई अर्ब ३३ करोड ९७ लाख ६३ हजार रुपियाँ बराबरको चाँदी आयात भएको थियो ।

मूल्य बढेर नयाँ रेकर्ड कायम

स्थानीय बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा एक हजार रुपियाँ बढेर एक लाख ४५ हजार चार सय रुपियाँ पुगेको छ ।

शुक्रवार प्रतितोला एक लाख ४४ हजार चार सय रहेको सुन आइतबार बढेर एक लाख ४५ हजार चार सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार ३९२ अमेरिकी डलर पुगेको छ ।

गत असार ७ मा सुनको मूल्य बढेर एक लाख ४४ हजार सात सय रुपियाँमा करोबार भएकोमा त्यसपछि निरन्तर घटेर एक लाख ४१ हजार छ सय रुपियाँमा झरेको थियो । गत सातादेखि सुनको मूल्य पुनः बढ्दै गएर आइतबार नयाँ मूल्य कायम गरी उच्च रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले सुनको मूल्य बढ्दै गएकाले कारोबारमा भने उलेख्य गिरावट आएको बताए ।

उपभोक्ताको व्रmयशक्ति न्यून हुँदा बजारमा सुनको माग बढ्न सकेको छैन, आवश्यक पर्नेले न्यून परिमाणले काम चलाउने गरेको उहाँको भनाइ छ । घरखर्च चलाउन पुराना गहना विक्री गर्ने ग्राहक धेरै आउने गरेको व्यवसायीको भनाइ छ । सिजनको समयमा सधैँ भिडभाड हुने न्युरोडका सुनचाँदी पसल सुनसान देखिन्छ । पछिल्लो दुई हप्तादेखि सुनचाँदीको कारोबार स्थिर भएको छ ।

यसैबिच चाँदीको मूल्य तोलामा २० रुपियाँ बढेको छ । शुुव्रmबार प्रतितोला एक हजार ८७० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार बढेर एक हजार ८९० रुपियाँमा कारोबार भएको छ ।

 

सोमबार, असार २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.