• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

गुल्मी अर्घाखाँची सम्पर्क समाज गैडाकोटको ऐतिहासिक प्रथम भेला सम्पन्न


गैडाकोट, नवलपरासी (बर्दघाट सुस्तापूर्व) – गुल्मी अर्घाखाँची सम्पर्क समाज गैडाकोटको प्रथम ऐतिहासिक भेला हिजो गैडाकोट नगरपालिकाको वडा नं. ५ स्थित गैडाकोट रिसोर्टमा भव्यताका साथ सम्पन्न भएको छ। गैडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालको प्रमुख आतिथ्यता तथा ज्येष्ठ अभियन्ता रामहरी पन्थीको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रमले गुल्मी र अर्घाखाँचीका गैडाकोटवासी बीच एकता र सहकार्यको नयाँ अध्याय थालेको छ।

प्रमुख अतिथि खनालले आफ्नो मन्तव्यमा सम्पर्क समाजको महत्त्व र आवश्यकतामाथि प्रकाश पार्दै भन्नुभयो, “गुल्मी र अर्घाखाँचीका गैडाकोटवासी दाजुभाइ दिदीबहिनीहरूको यो एकताले निश्चय नै सकारात्मक परिणाम ल्याउनेछ। गैडाकोट नगरपालिकाले यस समाजको हरेक सुख-दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्दछ।”

भेलाले गुल्मी धुर्कोट जन्मघर भई हाल गैडाकोट-५ निवासी गोविन्द घिमिरेको अध्यक्षतामा 19 सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ। नवगठित समितिमा उपाध्यक्ष पदमा विष्णुमाया पन्थी, सचिवमा ईश्वरी प्रसाद घिमिरे, कोषाध्यक्षमा पदम अधिकारी र सहसचिवमा बाबुराम पोखरेल चयन हुनुभएको छ। अन्य सदस्यहरूमा भक्तिराम आर्याल, शिव शंकर लामिछाने, सुधा ज्ञवाली, राम शर्मा, काशिराम गौतम,  कृष्णप्रसाद भण्डारी, पूर्णप्रसाद भुसाल, सवित्रि भण्डारी सापकोटा, भरत गौतम, रबिलाल खराल, कृष्ण पाण्डे, मोतिलाल खराल, रोशन दर्लामी मगर र चन्द्रकला खराल चयन हुनुभएको छ । त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजक गणेश उपाध्याय, सदस्यहरुमा गिता आचार्य गौतम, अञ्जु ज्ञवाली रहनुभएको छ ।

भेला व्यवस्थापन तथा समिति चयन कार्यदलका संयोजक विष्णु कँडेलले नयाँ समितिको घोषणा गर्दै भन्नुभयो, “हामीले समावेशी र प्रतिनिधिमूलक समिति बनाउने प्रयास गरेका छौं। यस समितिले गुल्मी र अर्घाखाँचीका गैडाकोटवासीको हित र विकासका लागि काम गर्नेछ भन्ने विश्वास लिएका छौं।”

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यदलका सदस्य शेखर पोखरेलले भन्नुभयो, “आजको यो भेलाले हाम्रो एकताको जग बसालेको छ। यसले हाम्रो जन्मभूमि र कर्मभूमि बीचको सेतुको काम गर्नेछ।”

विभिन्न व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो। गणेश घिमिरे, रविलाल खराल, विष्णु पन्थी र भरतमणि गौतम लगायतका वक्ताहरूले समाजको आवश्यकता र यसले पुर्‍याउन सक्ने योगदानबारे आ-आफ्ना विचारहरू राख्नुभयो।

नवनिर्वाचित अध्यक्ष गोविन्द घिमिरेले धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “हामीलाई दिइएको यो जिम्मेवारी पूरा गर्न हामी कटिबद्ध छौं। हामी सबैको सहयोग र समर्थनले मात्र यो संस्था सफल हुन सक्छ।”

कार्यक्रमको सञ्चालन नवनिर्वाचित सचिव एवं कार्यदल सदस्य ईश्वरी प्रसाद घिमिरेले गर्नुभएको थियो। उहाँले कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।

जन्मभूमिप्रतिको मायाले प्रेरित भई गुल्मी र अर्घाखाँचीका उल्लेख्य संख्यामा व्यक्तिहरू यस भेलामा सहभागी भएका थिए। यसले गैडाकोटमा बसोबास गर्ने गुल्मेली र अर्घाखाँचेली समुदायको एकता र सहकार्यको भावना झल्काएको छ।

यो भेलाले गुल्मी र अर्घाखाँचीका गैडाकोटवासी बीच सामाजिक, सांस्कृतिक र आर्थिक सहयोग बढाउने अपेक्षा गरिएको छ। साथै, यसले स्थानीय विकास र समृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

आइतबार, असार २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.