• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ६. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ७. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ८. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ९. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • १०. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

मेलम्चीमा आएको बाढी सम्झदा ‘पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ’


चौतारा (सिन्धुपाल्चोक), असार ३- सिन्धुपाल्चोकस्थित हेलम्बुको उच्च भेगमा वर्षा हुँदा मेलम्ची खोलाको सतह बढेर आउँछ । साबिकभन्दा खोला बढेपछि नदी आसपास रहेकाहरुबीच भागदौड मच्चिन्छ, कारण खोलामा सामान्य बाढी आउँदा पनि यहाँका स्थानीयले १ असार २०७८ सम्झिहाल्छन् ।

आजभन्दा तीन वर्षअघि हेलम्बुको शिर भेमाथाङको विशाल चौर भत्केर आएको लेदोसहितको बाढीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई सिधै छोप्यो । पाँचपोखरी थाङपाल गाउँपालिकाका केही भाग पनि नदीमा विलय भयो । बाढीले पाँच सय बढी घरटहरासहित नदी करिडोरमा रहेका केही व्यक्ति बगायो ।

हेलम्बुको शिर भेमाथाङको विशाल चौर भत्केर आएको लेदोसहितको बाढीले त्यति मात्रै गरेन अरबौँ लगानी गरेर बनाइएका फर्म, रिसोर्टहरुलाई पनि खोलाले निल्यो । स्थानीय तहले निर्माण गरेका र गर्दै गरेका संरचना ध्वस्त बनायो । योसँगै मेलम्ची र हेलम्बुको विकासलाई बाढीले निकै वर्ष पछाडि धकेल्यो । बाढीले क्षति गरेका तीन स्थानीय तहका नदी आसपास बस्नेहरु अहिले पनि राम्ररी निदाउन सक्दैनन् । खोला बढ्नासाथ त्रास फैलन्छ । डरले मुटु काँप्छ अनि त्यस्तै बाढी आउन सक्ने आकलनमा भागदौड मच्चिन्छ ।

तीन वर्षअघि बढेको हेलम्बुको ठूलो चौर कुनै पनि बेला फेरि खस्न सक्ने सम्भावना रहेको विज्ञहरुले बताएकाले मेलम्ची करिडोरवासी पानी पर्नासाथ त्रासमा रहने गरेका हेलम्बु–४ का खिलप्रसाद लामिछाने बताउनुहुन्छ । “बर्खा लागेसँगै सम्भावित बाढीले पिरोल्छ, कसरी ज्यान जोगाउने भन्नेमै रात बित्छ”, उहाँ भन्नुहुन्छ, “पानी पर्न थालेपछि पहिलाको विकराल बाढीको याद आउँछ अनि मुटु काँप्न थाल्छ, डर र त्रासका बीच रात बिताउँदैछौँ ।”

बाढीले बगाएका सडक अझै बनिसकेका छैनन् । घर बगाएकाहरु अझै टहरामै खुम्चिन बाध्य छन् । सडक सञ्जाल विस्तार हुन नसक्दा बिरामी तथा वृद्धवृद्धाहरु सकसपूर्ण दैनिकी जिउन बाध्य भएका लामिछाने बताउनुहुन्छ । “सरकारले वास्ता गरेको छैन, हामीले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराएका छौँ”, उहाँ भन्नुहुन्छ, “जनताहरु पीडामाथि पीडामा छन्, सरकारले हामीले राखेका मागहरु केही पूरा गरेको छैन ।”

यस वर्ष पनि जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकमा औसतभन्दा धेरै पानी पर्ने पूर्वानुमान गरेको छ । विभागको यो पूर्वानुमानले पनि स्थानीयवासीमा थप त्रास फैलिएको छ । पहिलेका बाढीपीडित अझै पक्की घरमा बस्न पाएका छैनन् । उनीहरु अझै असुरक्षित छन् ।

मेलम्ची बाढीले हेलम्बु गाउँपालिकाको चार गाउँको अस्तित्व मेटाउनाका साथै तटीय क्षेत्रलाई हेर्दाहेर्दै एकै रातमा बगर बनाएको लामिछाने अनुभव सुनाउनुहुन्छ । “बाढीले सयौँ रोपनी खेतीयोग्य जमिन नदीमा मिसाइदिएपछि किसानले उब्जनी गर्न पाएनन् । हेलम्बुको पहिचान झल्कने ट्राउट व्यवसाय बन्द भयो । बाढीले समृद्ध हेलम्बुको यात्रालाई बीचमै रोकिदियो”, उहाँ भन्नुहुन्छ ।

आठ वर्षदेखि हेलम्बुको किउल बगरमा रिसोर्टसहितको ट्राउट फर्म सञ्चालन गरेर बस्नुभएका उत्तममणि भण्डारीसहितको नदी करिडोरमा रहेको आठवटा फार्म नदीमा विलय भएको भण्डारी बताउनुहुन्छ । उहाँका अनुसार नदी करिडोरमा रहेका ट्राउट फार्ममा मात्रै रु एक खर्बभन्दा बढीको क्षति भएको छ ।

मेलम्चीको मुहानस्थल हुँदै एक्कासि उर्लिएर आएको बाढीले हेलम्बुको पुराना गाउँ चिउरेखर्क, चालिसे गाउँ, तल्लो तिम्बु बजार, गणेश बगर गाउँको सबै संरचना बगायो । झन्डै १८ हजार जनसङ्ख्या भएको हेलम्बुको तालामाराङ, चनौटे, किउल, तिम्बुजस्ता चिटिक्क देखिने बजारभर बालुवा थिग्रियो ।

मेलम्ची बजारको नदी किनारमा नगरपालिकाले पर्यटकीय प्रवर्द्धनका लागि ग्रिन सिटी पार्क निर्माण गर्दै थियो । करिब रु ३८ करोड लगानीमा निर्माण थालिएको उक्त पार्क पनि बाढीले बगाएको तत्कालीन नगरप्रमुख डम्बरबहादुर अर्याल बताउनुहुन्छ । तीन खण्डमा कार्य सम्पन्न गर्ने गरी सुरु गरिएको उक्त पार्कको निर्माण एक खण्ड सकिएको उहाँ जानकारी दिनुहुन्छ । सो पार्क पर्यटन प्रवर्द्धनसँगै वातावरणीय संरक्षण अभियानका लागि निर्माण थालिएको अर्याल बताउनुहुन्छ ।

“बाढीले मेलम्ची बजार सिङ्गै डुबायो । बजारमा निर्माण गरिएका सामुदायिक रेडियो, रेडियो मेललम्चीको चारतल्ले पक्की घर पनि बगायो । चन्दा सङ्कलनबाट निर्माण गरिएको भवनमा रेडियोका उपकरणहरुसमेत बगायो”, रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदी भन्नुहुन्छ । बजारमा रु छ करोड लगानीमा स्थानीय सागर श्रेष्ठले जिल्लामै पहिलोपटक लिफ्टसहितको होटल सञ्चालनमा ल्याउनुभएको थियो । छतल्ले सो भवन पनि बाढीले डुबाएपछि उहाँ अहिले ऋणको मारमा हुनुहुन्छ ।

मेलम्ची बाढी आएको तीन वर्ष पूरा भए पनि पीडितहरु अझै टहरामै आश्रित छन् । पीडित सन्तोषी श्रेष्ठ यो वर्ष पनि आनन्दसँग रात काट्न नपाउने भन्दै दुखेसो गर्नुहुन्छ । बाढीपछिका बर्खामा टहराको बसाइ निकै सकसपूर्ण भएको उहाँको भनाइ छ ।

बाढीका कारण हेलम्बु गाउँपालिकामा तीन सय ९२ परिवार लाभग्राही पहिचान गरिएको थियो । सोमध्ये हालसम्म एक सय परिवारले मात्रै राहतको पहिलो किस्ता पाएका छन्, जसमा ९५ परिवारले जग्गा खरिद गरेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउनुहुन्छ ।

मेलम्ची नगरपालिकामा दुई सय ४४ परिवार लाभग्राहीको सूचीमा थिए । सोमध्ये दुई सय ३२ परिवारले पहिलो किस्ता पाएका छन्भने अन्तिम किस्ता पाउने परिवारको सङ्ख्या आठ रहेको नगरपालिका कार्यालयले जनाएको छ ।

बाढी प्रभवित पाँचपोखरीमा एक सय ८४ परिवार लाभग्राही रहेकामध्ये ९२ परिवारले जग्गा प्राप्त गरेका छन् । सरकारले जग्गा नभएका बाढीपीडितलाई जग्गाका लागि बढीमा रु तीन लाख, घर निर्माण गर्न रु पाँच लाख र अस्थायी आवास निर्माणका लागि रु ५० हजार दिने घोषणा गरेको थियो । वर्षासँगै उर्लिएर डरलाग्दो गरी बग्ने मेलम्ची खोलाको बाढीले क्षतिग्रस्त घर र खेतबारी कटान गरेपछि थप बिचल्ली भएको स्थानीय बताउँछन् । पीडितका लागि स्थायी आवास निर्माण गर्न स्थानीय सरकारले मात्रै सम्भव नहुने हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पा बताउनुहुन्छ । सबै तहका सरकार र सरोकार भएका निकायले सहयोग गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । रासस

सोमबार, असार ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ६.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.