• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

भोलिदेखि भरतपुरमा तीन दिने अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी हुने,


चितवन। भोलिबाट भरतपुरमा तीन दिने अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी हुने भएको छ । नेपाल पोल्ट्री महासंघ र इण्डियन पोल्ट्री इक्युप्मेन्ट एशोसिएसनको संयुक्त आयोजनामा “अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो २०२४” हुन लागेको हो ।

भरतपुरको चितवन एक्स्पो सेन्टरमा हुने एक्स्पोमा आधुनिक यन्त्र, प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्ट्स्, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग, मासुजन्य उद्योग, पशुपन्छी पालन, प्रशोधन र बजारीकरण सम्बन्धी प्रदर्शनी हुनेछ ।

एक्स्पोमा १५० स्टल रहने छन् । जहाँ नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटली, इजरायल, बंगलादेश लगायत देशका स्टल रहने छ ।

नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले विदेशमा गएर प्रविधि, सीप र ज्ञान आर्जन गर्न नसक्ने किसानहरुलाई एकै ठाउँमा सबै कुरा उपलब्ध हुने गरी पोल्ट्री पाठशाला सञ्चालन गरिने बताउनुभयो । उहाँले एक्स्पोमा कुखुराजन्य उद्योगका लागि आवश्यक पर्ने, औषधि, दाना, चल्ला, खोर, फर्म लगायत सम्पूर्ण विषयको प्रविधि सहित किसानलाई शिक्षा दिने जानकारी दिनुभयो ।

उहाँले कम लागतमा धेरै अण्डा र मासु उत्पादन गर्न, नयाँ प्रविधि भित्र्याउन र पोल्ट्री उद्योगलाई थप चलायमान बनाउन एक्स्पो फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा।सुरवीर सिंहले एक्स्पोमा तीन दिनको अवधिमा तीनै दिन पाठशाला सञ्चालन हुने बताउनुभयो । उहाँका अनुसार भारत, क्यानडा, नेपाल लगायतका विज्ञहरुले नेपाली र हिन्दीमा शिक्षा दिनुहुनेछ । सो अवसरमा ६ वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिंदै सिंहले वैज्ञानिक छलफल हुनुका साथै किसानसँग पनि छलफल कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञसँग कुखुरा पालक किसानले प्रत्यक्ष सवलजवाफ गर्न पाउनु हुनेछ ।” जहाँ डिजिटल फोल्ट्रीफार्मदेखि सामान्यसम्मका विषयमा जानकारी दिईने छ ।

भारतीय पोल्ट्री इक्युप्मेन्ट एसोसिएसनका उदय सिंहले हरेक किसान विदेश गएर ज्ञान, सीप र प्रविधिबारे जानकारी लिन नसक्ने भएकाले नेपालमा आएर विश्वस्तरको कार्यक्रम गर्न लागिएको बताउनुभयो ।नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिका पोखरेलले कोभिडपछि सुस्ताएको पोल्ट्री व्यवसाय विस्तारै माथि उठ्न थालेको भन्दै थप चलायमान बनाउन एक्स्पो फलदायी हुने बताउनुभयो ।

नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास र नविनतम प्रविधिको प्रयोग गरी व्यवसायिक विकास गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको उहाँको भनाई थियो ।एक्स्पोमा १५ हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । एक्स्पोले भरतपुर भ्रमण वर्षलाई पनि सहयोग पुग्ने अपेक्षा आयोजकको छ । एक्स्पोमा आउने प्रदर्शक र पाहुनाहरुले भरतपुरका ठूला होटलहरु भरिएका छन् ।

बिहिबार, जेठ १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.