• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

चौधरी ग्रुपको सिजी धाम र उद्योग अगाडि राजमार्ग खुम्च्याइयो, डिपिआरमै लापरबाही


नवलपुर, जेठ ३- बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा नारायणघाट–बुटबल सडक खण्ड विस्तारको काम भइरहेको छ । पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजित सडकको पूर्वी खण्डमा हालसम्म ५०.६२ प्रतिशत भौतिक प्रगति भएको जसमा १२.२३ प्रतिशत अर्थात् ३७ किलोमिटर एकतर्फी कालोपत्रे भएको आयोजनाले जनाएको छ ।

यो समाचार गोरखापत्र दैनिकमा छ, तर आधा काम सकिइसक्दा आयोजनाको डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) गर्ने बेलामा गम्भीर लापरबाही भएको पाइएको छ । नवलपुरको देवचुली नगरपालिका–२, दलदलेमा रहेको चौधरी गु्रपको सिजी धाम, चौधरी उद्योग र गैँडाकोट–१२, हर्कपुरमा रहेको चौधरी फाउन्डेसन तथा सिजी उन्नति कल्चरल भिल्ला र फन पार्क अगाडिको राजमार्गको झन्डै सात सय मिटर क्षेत्रफलमा मापदण्डविपरीत चार लेनको मात्र सडक बनाइएको छ ।

सहरी क्षेत्र रहेको यो ठाउँमा हिँड्ने बाटोबाहेक छ लेनको सडक हुनुपर्ने थियो । चौधरी उद्योगले समेटेको यो क्षेत्रमा कसरी सडक खुम्चियो भन्नेमा स्थानीय नै आश्चर्यमा छन् । “त्यही राजमार्ग अन्तर्गत सहर क्षेत्रका अन्य ठाउँमा छ लेनको सडक हुँदा यहाँ कसरी खुम्चियो, हामी आश्चर्यमा परेका छौँ,” स्थानीय रामबहादुर क्षेत्रीले भने ।

गैँडाकोट–१२ का पूर्ववडाध्यक्ष थिरबहादुर बस्नेतले वारिपारि छ लेन र उद्योग अगाडिको झन्डै सात सय मिटर बाटोलाई चार लेनमा झार्दा त्यसले दुर्घटना निम्त्याउने जोखिम पनि उत्तिकै रहेको बताउँदै भने, “यस विषयमा ध्यानाकर्षण गराउन दुई पटकसम्म सडक बोर्डमा डेलिगेसन गएका थियौँ । उहाँहरूले माथिबाट जस्तो नक्सा आयो, हामीले त्यस्तै बनाएको हो । नक्सा परिवर्तन गर्न सकिन्न, त्यसका लागि केन्द्र सरकारलाई नै भन्नु पर्छ भन्नुभयो ।” यस विषयमा ध्यानाकर्षण गराउन नगरप्रमुखको संयोजकत्वमा सङ्घर्ष समितिसमेत बनाएर दबाब दिए पनि समाधान नभएको उनको भनाइ छ ।

गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले पनि यो अचम्मको विषय भएको बताए । “बाटो विस्तार गर्दा थुप्रै सर्वसाधारणको जग्गा गएको छ तर उद्योग क्षेत्रको चाहिँ जग्गा छुनै नपाइने हो र ?” नगर प्रमुख अधिकारीले प्रश्न गरे।

 

बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.