काठमाडौं, वैशाख ३१- क्रिकेटर सन्दीप लामिछानेको पक्षमा अभिव्यक्ति दिँदै आएका अभियन्ता डा.निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । हिजो केही युवाहरूसहित उनले सर्वोच्च अदालत अगाडि गएर प्रदर्शन र नाराबाजी गरेका थिए । तर, प्रहरीले भने उनलाई मात्रै पक्राउ गरेको हो ।
निकोलसले सन्दीपलाई न्याय दिनुपर्ने भन्दै दबाबमूलक कार्यहरू गर्दै आएका छन् । केही दिनअघि उनीसहित सयौँ युवाले कलंकीमा र्याली समेत निकालेका थिए ।