गैंडाकोट// गैंडाकोट नगरपालिका-९ थुम्सी जैन्टार टोलका ६१ वर्षीय देब थापा गत २७ गतेदेखि हराइरहेका छन्। परिवारका सदस्यहरूका अनुसार थापा सेतो टिसर्ट, कालो कट्टु र हातमा कालो घडी लगाएर घरबाट निस्किएका थिए।
उनलाई २७ गते बेलुका गैंडाकोट नगरपालिका-९ थुम्सी बजारस्थित काका ढिढो अगाडि सिसिटिभीमा देखिएको थियो भने मोबाइल लोकेसन अन्तिम पटक गैंडाकोट-६ मा २७ गते राति १२ बजे देखिएको छ।
देब थापाका भाइ भिम थापा का अनुसार देब यस भन्दा पहिला हराउदा बेलुका सम्म घर मा फर्किने गरेको मा यस पटक घर नफर्केको ले आफू हरु चिन्तित बनेको बताउनु भयो।
थापा हराएको खबर सुनेपछि परिवारजन र स्थानीयवासीले उनको खोजी गर्न थालेका छन् तर अहिलेसम्म पनि उनको कुनै पत्ता लगाउन नसकेको गैंडाकोट ९ का वडा अध्यक्ष धाम नाथ सापकोटाले जानकारी दिनु भयो। यस घटनाले परिवारजनलाई निकै चिन्तित बनाएको छ।
परिवारले कुनैपनि स्थानमा थापालाई देखिए वा कुनै जानकारी भए तत्काल आफूहरूलाई (९८१११९७८८६, ९८४५४४६५८९) वा प्रहरीलाई सूचित गर्न अनुरोध गरेका छन्। बेपत्ता हुनुको कारण र अवस्था अझैसम्म पत्ता लाग्न सकेको छैन।
बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको छ। परिवारजनदेखि स्थानीयवासी र प्रहरी सुरक्षा निकायसम्मले थापाको खोजी गर्न अहोरात्र खटिरहेका छन्।