• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

साई सहकारी हिनामिनामा निकिता पौडेलको संलग्नता देखिएनः काठमाडौं महानगर


काठमाडौं,चैत २३- काठमाडौं महानगरपालिकाले बिजुलीबजारमा रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछाने पत्नी निकिता पौडेलको संलग्नता नरहेको भनेर दिएको पत्र सार्वजनिक भएको छ। महानगरको सहकारी विभागले गत असार ११ गते नै निकितासमेत सञ्चालक रहेको भनिएको उक्त सहकारीबाट उनी यसअघि नै अलग भइसकेको पत्र दिएको पाइएको छ।

बचतकर्ताले सञ्चालक समितिबाट रकम हिनामिना गरेको भन्दै बचत फिर्ता दिन उजुरी दिएपछि महानगरको सहकारी विभागले बुधबार मात्रै उसको कार्यालयमा छापा हानेको थियो। अनुगमनमा संलग्न एक सदस्यका अनुसार महानगरको टोलीले सहकारी कार्यालयबाट सहकारीको सफ्टवेयर सिस्टम ल्याइसकेको छ। पछिल्लो साधारणसभाको उपस्थिति निर्णयसहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण, धेरै ऋण लैजाने ऋणी र सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको छ।

साई स्वागत बचत तथा ऋण सहकारी संस्था उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल जोडिएको संस्था हो। महानगर सहकारी विभागमा पौडेल जमानी बसेर ऋण दिएको मान्छे नै भागेको भन्दै उजुरी आएको थियो। सहकारीका निवर्तमान उपाध्यक्ष उनी हाल त्यहाँबाट अलग रहेको बताइएको थियो। गत असार ११ गतेको मितिमा दिइएको उक्त पत्रमा बिजुली बजारस्थित साई सहकारीबाट निकिताले २०७७ असोज ८ गते नै राजीनामा दिइसकेको उल्लेख गरिएको छ।

निकिताले उक्त सहकारीमा आफ्नो कुनै जिम्मेवारी नरहेको पुष्ट्याइँ हुने प्रमाण खोजेपछि महानगरले उनको नाममा एक पत्र दिएको भेटिएको हो। महानगरका अनुसार साई स्वागत बचत तथा ऋण सहकारी संस्थाबाट निकिताले २०७७ असोज ८ गते दिएको राजीनामा २०८० असार ९ गते स्वीकृत भएको देखिएको छ।

उक्त सहकारी व्यवस्थापक दिल बहादुर बस्नेतबाट २०८० असार १० गते जारी भएको पत्रलाई उद्धृत गर्दै संस्थाको उपाध्यक्ष निकिता पौडेलले २०७७ असोज ८ गते राजीनामा पेश गरेको महानगरले जनाएको छ। निकिताको राजीनामा गत असार ९ गते स्वीकृत भएको जानकारी अध्यक्षले संस्थामा दिनुका साथै सञ्चालक समिति तथा साधारण सभाको निर्णय पुस्तिकामा पनि उनको उपस्थिति रहेको नदेखिको महानगरले जनाएको छ। उक्त निर्णयपश्चात उक्त सहकारीमा उहाँ (निकिता) को कुनै किसिमको संग्लनता नरहेको भनी उल्लेख भएको हुँदा त्यसको व्यहोरा जानकारीका लागि अनुरोध छ, महानगरको सहकारी विभाग प्रमुख बलराम त्रिपाठीले भनेका छन्।

शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.