रत्ननगर । पूर्वी चितवनकाे कालिका स्थित उदयपुर सामुदायिक वनबाट गयराती बाेलेराे सहित काठ नियन्त्रणमा लिइएकाे छ । वनबाट काठ चाेरी तस्करी गरेर लैजादै गरेकाे अबस्थामा नियन्त्रणमा लिइएकाे हाे ।
वनका अध्यक्ष शंकर लामाकाे नेतृत्वमा खटिएकाे वन हेरालु सहितकाे टाेलीले बा प्रदेश ०३-००१च १४१० नम्बरकाे बाेलेराेमा लैजादै गरेकाे ८ वटा गाेलीया काठ नियन्त्रणमा लिइएकाे हाे । राती साढे ३ बजे स्याङ्दी तर्फबाट दुईसय विघा हुँदै रत्ननगर तर्फ लैजादै गरेकाे काठ रत्ननगर १६ हात्तीगाडेबाट नियन्त्रणमा लिइएकाे वनका अध्यक्ष लामाले जानकारी दिए ।
नियन्त्रणमा लिइएकाे बाेलेराे र काठ जिल्ला वन कार्याल पठाउने तयारी गरिएकाे छ । काठ तस्करीमा संलग्न गाडीका चालक सहित तीन जना फरार रहेकाे वनका अध्यक्ष लामाले जानकारी दिए ।