पोखरा, ३० फागुन बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन् । १५ वर्षीय एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका हुन् ।
प्रहरीले पोखरा ८, सभागृह बस्ने ४६ वर्षीय सुरेश श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई बाल यौन दुर्व्यवहार मुद्दामा कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।