रत्ननगर । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा ओपीडीको टिकट काट्न लाइनमा बसेका एक युवाको ढलेर मृत्यु भएको छ ।
मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर वडा नं ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगरको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।मुटु दुखेपछि मोटरसाइकलमा एक्लै अस्पताल पुगेका थापामगर लाइनमा बसेको केही बेरमै एक्कासी ढलेका प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
सो अस्पतालका डाक्टरहरुले थापामगरको हृदयघात भएर मृत्यु भएको हुन सक्ने अनुमान गरेका छन् । एक्कासी ढलेका उनको अस्पतालको आकस्मिक कक्षमा पु¥याउदा मृत्यु भइसकेको थियो ।