• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

हात्तिबाङ विद्यालयमा एक्सपर्टको सहयोग, विद्यार्थीमा छायो खुशीयाली


चितवन, फागुन २२– चितवनको इच्छाकामना गाउँपालिका वडा नं।१ हात्तिबाङ भौगोलिक अवस्थाले विकट ठाउँको रुपमा चिनिन्छ । यहाँ पुग्न बाटो बने पनि अन्य सेवासुविधा पाउन निकै कठिन छ । यही ठाउँमा रहेको छ कक्षा १० सम्म अध्यापन हुने राष्ट्रिय माध्यमिक विद्यालय । चेपाङ विद्यार्थीहरुको बाहुल्य रहेको यस विद्यालयमा भौतिक पूर्वाधारको समस्याका साथै विद्यार्थीहरुलाई पठनपाठनका धेरै सामग्रीहरुको अभाव छ । यहाँका विद्यार्थीहरुले पाठ्यक्रम बाहेक अन्य किताबहरुको अध्ययन समस्या छ ।

यीनै समस्याहरुलाई केहीहदसम्म हल गर्नका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले तेस्रो संस्करणको एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको फाइनलमा पुगेका विद्यार्थीहरुलाई विद्यालयमा लगेरै सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न पुस्तक तथा स्टेशनरी सामग्री सहयोग गरेको छ ।

एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको आयोजक विमोचन इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट प्रा।लि। र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले फाइनलमा पुगेका विद्यार्थीहरुलाई हात्तिबाङस्थित विद्यालयमै लगेर महत्वपूर्ण पुस्तकहरु सहयोग गरेको हो । विद्यार्थीहरुलाई विभिन्न लेखकहरुद्धारा लेखिएका विभिन्न प्रकारका पुस्तकका साथै बालबालिकाहरुको लेख तथा कवितालगायतका सिर्जनाहरु छापिने ‘मुना’ पुस्तक बाडिएको हो । एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको फाइनलमा पुगेका विद्यार्थीहरुले हातहातमै पुस्तक बाडेका थिए ।

विद्यालयमा ती पुस्तक मात्रै बाड्ने काम भएन । अधिकांश चेपाङ बालबालिका अध्ययन गर्ने भएकाले विद्यार्थीहरुलाई शैक्षिक सामग्रीको पनि उत्तिकै खाँचो पर्ने गरेको छ । केही समयपछि उच्च शिक्षाका लागि खुड्किलो मानिएको एसईई परीक्षा आउँदैछ । सोही परीक्षामा सामेल हुन लागेका अति समस्यामा रहेका पाँच जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री समेत हस्तान्तरण गरिएको थियो । विमोचन इभेन्ट्सका सिइओ विमोचन पौडेलले अतिविपन्न विद्यार्थीहरुलाई उक्त सामग्री सहयोग गरे ।

यस्तै सोही अवसरमा फाइनलमा पुगेका विद्यार्थीहरुले विद्यालय परिसरमै वृक्षरोपण समेत गरेको छ । पहाडी भू–भागमा सुहाउँदो फलफूलका बिरुवा रोपिएको विमोचन इभेन्ट्सले जनाएको छ ।
पहाडी भू–भाग भएकाले यहाँ बालबालिकाहरुलाई स्वास्थ्यमा पनि त्यति सहज छैन । विशेषगरि दातको उपचार यहाँ सम्भव देखिदैन । यही अवस्थालाई ख्याल गरेर विद्यार्थीहरुलाईको निःशुल्क दन्त परीक्षण समेत गरिएको छ । भरतपुर–१० मा रहेको कालिका डेन्टलको प्राविधिक सहयोगमा विद्यार्थीहरुको दन्त परीक्षण गरिएको हो । दन्त शिविर र पुस्तकलगायतको सहयोगले विद्यार्थीहरुमा खुशी छाएको थियो ।

कार्यक्रममा बोल्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज नेपालका कन्ट्री म्यानेजर विकास ज्ञवालीले एक्सर्टले आफ्नो शैक्षिक परामर्श व्यवसायसंगै सामाजिक दायित्व पनि निर्वाह गर्दै आइरहेको बताए । उनले भने–‘भूकम्पदेखि माहामारीका समय होस् या विभिन्न खेलकुदका गतिविधि वा इभेन्ट्सहरुमा पनि एक्सपर्ट सहयोगी बन्दै आइरहेको छ, हामी सामाजिक कार्यमा जहिल्यै पनि अग्रसर हुन्छौं, यसैको कडीको रुपमा मैले हात्तिबाङका विद्यार्थीहरुलाई विभिन्न सहयोग कार्यक्रमलाई लिएको छु ।’ ज्ञवालीले पब्लिकि स्पिकिङ च्याम्पका विद्यार्थीहरुलाई समाज बुझाउने अभियान अन्तरगत पहाडी भू–भागमा लगेर सामाजिक कार्यक्रम सक्रिय बनाउनु सह्रायिन कार्य रहेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवन प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हात्तिबाङ विद्यालयमा बाहिरी पुस्तकको अभाव महसुस गरेर विभिन्न लेखकहरुद्धारा लिखित महत्वपूर्ण पुस्तकहरु सहयोग गरिएको बताए । उनले भने–‘सानो सहयोगले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुन्छ भने किन सहयोग नगर्ने भनेर पुस्तक सहयोग गरेका हौं, यसअघि यहाँ आउँदा अतिरिक्त पुस्तकहरुको लाइबेरीमा अभाव रहेको जानकारी पाएपछि आज पुस्तक सहयोग लिएका आएका छौं ।’ उनले आगामि दिनमा दिनमा पनि यसैगरि सहयोग गर्ने प्रतिवद्धता जनाए । एक्सपर्टले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजील्याण्डलगायतका देशमा जान चाहने विद्यार्थीहरुले शैक्षिक परामर्श दिँदै आइरहेको भन्दै आफ्नो व्यवसायसंगै सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै आइरहेको बताए ।

कार्यक्रममा विमोचन इभेन्ट्सका सिइओ विमोचन पौडेलले विद्यार्थीहरुलाई चितवनको भौगोलिक अवस्था र आफू भन्दा कम सुविधामा अध्ययन गरिरहेका विद्यार्थीहरुको अवस्था बुझाउन पहाडी भेगमा कार्यक्रम गरिएको बताए । उनले यस खालको कार्यक्रमले सानो सहयोग पुग्नुको साथै विद्यार्थीहरुलाई पनि केही सिक्ने अवसर सिर्जना हुने गरेको बताए । कार्यक्रममा राष्ट्रिय माध्यमिक विद्यालय हात्तिबाङका प्रधानाध्यापक लोकबहादुर मगरले यहाँका विद्यार्थीहरु भौतिक पूर्वाधारका साथै धेरै कुराबाट बञ्चित हुने गरेकोमा यस्तै सहयोगबाट विद्यार्थीहरुले अवसर पाइरहेको बताए । उनले एक्सपर्ट चितवन परिवार र पब्लिक स्पिकिङ च्याम्पको टिमलाई धन्यवाद दिए । कार्यक्रममा एक्सपर्ट चितवनका रिजनल म्यानेजर किरण पौडेल, बिजनेश डेभलपमेण्ट म्यानेजर विनोदबाबु रिजाल, एक्सपर्ट रत्ननगरकी शाखा प्रमुख मिना तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

 

 

 

 

मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.