• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

प्रमुख दाहालद्वारा वागीश्वरीमा पुस्तकालय उद्घाटन


भरतपुर । भरतपुर महानगरपालिका–१ वागीश्वरीमा रहेको श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रममा स्थापित योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एवं अनुसन्धान केन्द्रको उद्घाटन गरिएको छ । बिहीबार एक समारोहका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उक्त पुस्तकालय व्यवस्थापन एवं अनुसन्धान केन्द्रको उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख दाहालले योगी नरहरिनाथको सिद्धान्तमा मुलुक चल्न नसकेको बताउनुभयो ।

उहाँले धर्मको वैज्ञानिक व्याख्या गर्दै धार्मिक अभियानलाई देशव्यापी बनाउन सफल हुनुभएको भन्दै दाहालले राष्ट्र गुरुको बारेमा थप अध्ययन र अनुसन्धान गर्न पुस्तकालयले मद्दत पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो । उक्त पुस्तकालयको विकास र संरक्षणमा महानगरपालिकाले सहयोग गर्ने दाहालको भनाइ छ । पुराना अभिलेख एवं पुस्तकहरुको संरक्षण, योगी नरहरिनाथका महत्वपूर्ण पुस्तकहरु पुनः प्रकाशन, योगीका कृतिहरुमाथि अध्ययन एवं अनुसन्धान, चितवनका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक बस्तुहरुको अन्वेषण गर्नु पुस्तकालय स्थापनाको लक्ष्य रहेको बताइएको छ । पुस्तकालयमा योगी नरहरिनाथका सम्पूर्ण कृति एवं उहाँका कृतिमाथि भएका अध्ययन सामग्री राखिने बताइएको छ ।

त्यस्तै धार्मिक पुस्तकहरु एवं अनुसन्धानका निम्ति आवश्यक पर्ने सन्दर्भ पुस्तकहरु पनि पुस्तकालयमा राखिने बताइएको छ । योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एवं अनुसन्धान केन्द्रमा हालसम्म धार्मिक, योगी नरहरिनाथ एवं चितवनका विभिन्न दुई हजार भन्दा बढी पुस्तकहरु रहेका छन् । श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका अध्यक्ष शैलेन्द्रकुमार पियाको अध्यक्षतामा भएको कार्यक्रममा प्राडा गुरुप्रसाद, संरक्षक शान्तप्रसाद पोखरेल, तिमिला माता, आश्रम प्रमुख योगी निरञ्जन नाथलगायतले मन्तव्य राख्नुभएको थियो ।

सो कार्यक्रमको सञ्चालन अशोक पोखरेलले गर्नुभएको थियो । यसैबीच, राष्ट्र गुरु योगी नरहरिनाथको ११०औँ प्रकाट्य दिवसको अवसर पारेर आयोजना गरिएको लक्ष्यहोमको समापन गरिएको छ । आश्रम प्रमुख योगी निरञ्जननाथको संकल्प एवं श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको आयोजनामा फागुन १४ देखि सञ्चालन भएको लक्ष्यहोम बिहीबार सभापन गरिएको आश्रमका सदस्य एवं लक्ष्यहोम संयोजक सुकमाया भुजेलले जानकारी दिनुभयो ।

लक्ष्यहोम समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल रहनुभएको थियो । घुमौँ भरतपुर अन्तरगत भरतपुर भ्रमण वर्षको पूर्वसन्ध्यामा योगी नरहरिनाथको ११० औँ प्रकाट्य दिवसको अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालद्वारा गौ आरती गरी भ्रमण वर्षको सफलताको कामना गरिएको थियो ।

त्यस्तै, राष्ट्र गुरु योगी नरहरिनाथको जन्म दिवसको कार्यक्रममा ११ जना कर्तासहित यहाँ रहेको योगी नरहरिनाथ संस्कृत गुरुकुलका बटुक र प्राचार्यलगायतका गुरुहरु एवं विभिन्न भक्तजनहरुद्वारा पूजा हवन गरिएको थियो । कार्यक्रमको अन्त्यमा लक्ष्य दीप प्रज्ज्वलन गरिएको थियो ।

बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.