चितवन, फागुन १६- चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा एक छात्राको शंकास्पद मृत्यु भएको छ । यस सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टेलका वार्डेनलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमाथि ज्यानसम्बन्धी कसूरमा जाहेरी दिइएको छ। कक्षा ८ मा अध्ययनरत १४ वर्षीया शालिन पोखरेल शनिवार मृत फेला परेकी थिइन्।
झुण्डिएको अवस्थामा शव भेटिएपछि घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको हो। शालिन दुई वर्षदेखि सो होस्टेलमा बसेर पढ्दै आएकी थिइन्। बुवा र आमा सम्बन्ध बिच्छेद गरेर उनकी आमा दुबई र बुवा काठमाडौँमा बस्छन् ।