नवलपुर,फागुन १३- पूर्वी नवलपरासीको नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैंडाकोट १२ शिख्रोलीघाट नारायणी नदी किनारमा गैंडाकोट १२ हर्कपुर बस्ने ६५ वर्षीय नेत्रबहादुर विकको शव भेटिएको हो ।
उनका शव पानीमा घोप्टो अवस्थामा तैरिरहेको भेटिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।



