• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

भरतपुर विमानस्थल वरपर मापदण्ड विपरीत बनेका भवनहरूको अनुसन्धान गरिने


चितवन,फागुन ९- नेपाल नागरिक उड्डयन प्राधिकरणले भरतपुर विमानस्थल वरपर मापदण्ड विपरीत बनेका भवनहरूको अनुसन्धान गर्ने भएको छ। सुरक्षा जोखिम बढाउँदै मिलेमतोमा विमानस्थल क्षेत्रमा बनेका भवनबारे प्राधिकरणले समिति नै बनाएर अनुसन्धान सुरु गरेको हो।

केही दिन अगाडि रक्षा सचिव, प्रधानसेनापति प्रभुराम शर्मा र उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी विमानस्थल नजिकै रहेको नेपाली सेनाको गणका अधिकारीसहित विमानस्थल क्षेत्रको स्थलगत अनुगमनमा गएका थिए। सरकारले हालै भरतपुर विमानस्थल क्षेत्र विस्तार गर्ने निर्णय समेत गरेको थियो। सरकारको निर्णय अनुसार रनवे विस्तारकारबारेमा अनुगमन सुरु भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

‘भरतपुर विमानस्थलमा अहिले ३० सिटे जहाज आउँछ। ७० सिटे जहाजको लागि रनवे विस्तार गर्ने सन्दर्भमा छलफल भएको थियो,’ उनले भने, ‘एक हप्ता भित्र भवनहरूको अध्ययन गर्न समिति बनाउने अनौपचारिक सहमति भएको छ।’ मन्त्रीपरिषद्को निर्णय अनुसार विमानस्थलको रनवेबाट उत्तरतिर विस्तार गर्ने तयारी भइरहेको छ। तर महानगरपालिका र प्राधिकरणका अधिकारीको मिलेमतोमा रनवे नजिकै र उत्तरी क्षेत्रमा मापदण्डविपरित भवनहरू बनेका छन्।

नेपाली सेनाको घोडा पालन शत्तिखोरमा सार्ने तयारी सुरु भइसकेको छ। उत्तरतिर विस्तार गर्दा व्यक्तिका घरहरू कम पर्नेछन्। दक्षिणतिर धेरै घर भएकाले उत्तरतिर विमानस्थल विस्तार गर्ने प्राधिकरणको तयारी देखियो। त्यसका लागि सोमबारबाटै नेपाली सेना, उड्डयन प्राधिकरण र महानगरपालिकाको प्रतिनिधि रहेको समूहले सो क्षेत्रको सर्वे गर्ने निरौलाले जानकारी दिए।

मापदण्ड विपरीत सो क्षेत्रमा बनेका भवनको स्वीकृति नदिने र भत्काउने सहमति भएको उनले जानकारी दिए। ‘अहिलेकै अवस्थामा जुन-जुन भवन मापदण्ड विपरीत बनेका छन् ती भवनहरूलाई निर्माण सम्पन्नताको प्रमाण पत्र नदिने सहमति समेत भएको छ’ स्रोतले भन्यो।

भरतपुर विमानस्थल वरपर मापदण्ड विपरीत बनेका भवनहरूको अध्ययन पहिलो पटक हुन लागेको हैन। पहिला पनि अनुगमन गरेर प्रतिवेदन बनेको थियो। २०७१ साल जेठ ११ गते प्रतिवेदन बुझाइए पनि त्यो कार्यान्वयनमा आएन। एक महिना स्थलगत अनुसन्धान गरिएको समितिमा भरतपुर नागरिक उड्डयन कार्यालय विमानस्थल प्रमुख बच्चुराम श्रेष्ठको नेतृत्वमा समिति बनेको थियो। समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका अहिलेका महानिर्देशक प्रदीप अधिकारी र तत्कालीन अवस्थाको भरतपुर नगरपालिकाका इन्जिनियर ईश्वर कुमार राजभण्डारी सदस्य थिए। प्रतिवेदनले विमानस्थल मापदण्ड विपरीत निर्माण भएका भवनहरूको सङ्ख्या समेत तोकेको थियो। प्रतिवेदनमा विमानस्थलको पश्चिम ५० मिटर भित्र मा स्थायी भवन ८८ अस्थायी भवन १ वटा गरी ८९ वटा मापदण्ड विपरीत भवन बनेको उल्लेख छ ।

विमानस्थलको २ सय ५९ मिटर दक्षिणतर्फ ५९ वटा स्थायी, अस्थायी ८ वटा भवन गरी ६७ वटा अस्थायी भवन बनेको उल्लेख थियो । त्यस्तै विमानस्थलबाट २ सय ६० मिटरदेखि ४ सय ५९ मिटर सम्ममा स्थायी ९७ अस्थायी ४ वटा भवन बनेको उल्लेख गरेको थियो। समितिले मापदण्ड विपरीत २ सय ४४ वटा स्थायी भवन बनेको उल्लेख गरेको थियो । समितिले त्यतिबेला नै मापदण्ड विपरीत बनेका भवनहरू भरतपुर नागरिक उड्डयन कार्यालय, भरतपुर नगरपालिका कार्यालय र स्थानीय प्रशासनको संयुक्त प्रयासबाट विमानस्थल मापदण्ड विपरीतका संरचनाहरू हटाउने सुझाव दिएको थियो।

त्यस्तै सर्वसाधारणले घर बनाउनु पर्दा भरतपुर नागरिक उड्डयन कार्यालयसँग पूर्व सहमति लिनुपर्ने, नेपाली सेनाको स्टर्ड फर्मलाई उचित स्थानमा स्थानान्तरण गराउन सके ४ सय मिटर उत्तरतर्फ बढाउन सकिने उल्लेख थियो। तर प्राधिकरणले आफ्नै अध्ययन प्रतिवेदन पालना नगरी विमानस्थलको हवाई सुरक्षामै खतरा बढाउनेगरि अग्ला भवन बनाउन अनुमति दिएको थियो। व्यापारिक उद्देश्यले बनेको चितवन बिजनेस कम्प्लेस र सिजी ल्याण्डमार्कले अहिलेसम्म सम्पन्नताको प्रमाणपत्र पाएका छैनन्।

बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.