चितवन, फागुन ७– घरको छतबाट लडेर माडीमा एकजनाको मृत्यु भएको छ ।
शनिबार बेलुका करिब ७ बजेको समयमा माडी नगरपालिका–३ ईनारबरुवा बस्ने ६३ वर्षिय रामनाथ महतो आफ्नै पक्कि घरको एक तल्ले छतबाट लडेर घाइते अवस्थामा उपचारको लागि बघौडा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
माडीकै अस्पतालमा उपचारको क्रममा महतोलाई करिब ७ बजेर ५० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।