• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

रोटरीले कृत्रिम हातखुट्टा नहुनेलाई उपलब्ध गराउने, भरतपुरमा १५ दिने शिविर


चितवन, २६ माघ । यहाँका रोटरी क्लबहरुले हात खुट्टा नभएकाहरुलाई कृत्रिम हातखुट्टा उपलब्ध गराउने भएका छन् । चितवन, गैंडाकोट र वीरगञ्जका रोटरी क्लबहरुले चितवनमा १५ दिनसम्म शिविर सञ्चालन गरेर हातखुट्टा उपलब्ध गराउन लागेका हुन् ।

भरतपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी यस सम्बन्धी जानकारी दिईएको छ । रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ गैंडाकोट, रोटरी क्लब अफ पूर्वी चितवन र रोटरी क्लब अफ वीरगञ्जको आयोजनामा शिविर हुन लागेको हो । शिविर माघ २७ गतेबाट १५ दिनसम्म हुनेछ ।

कार्यक्रम संयोजक एवं रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष अर्पणा प्रधान भण्डारीका अनुसार शिविरमा देशैभरबाट हात खुट्टा गुमाएकाहरु आउन सक्नु हुनेछ । हालसम्म ८० जना सम्पर्कमा आईसकेको र बाँकी सम्पर्कमा आउने क्रममा रहेको प्रधान भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो “दुर्घटना, विभिन्न रोग र चोटका कारण हात वा खुट्टा गुमाएकाहरुलाई हामीले कृतिम हात खुट्टा उपलब्ध गराएर उहाँहरुको जीवनमा रूपान्तरण ल्याउने कोशिस गर्दैछौं । यसले उहाँहरूको गुणस्तरीय जीवनयापनमा ठूलो फरक पार्नेछ भन्ने हाम्रो विश्वास छ ।”

अपाङ्ग जागरण अभियान चितवनको समन्वयमा शिविर आयोजना गरिएको भन्दै उहाँले रोटरी क्लब अफ वीरगञ्जले प्राविधिक सहयोग गरिरहेको जानकारी दिनुभयो ।

भरतपुरमा रहेको चेतना भिलेजमा हुने शिविरमा आउनेहरुलाई आवासीय सुविधा समेत उपलब्ध गराईएको छ । हातखुट्टा गुमाएकाहरुको उमेर र हात वा खुट्टाको साईज अनुसार प्राविधिक टोलीले यही नै हात खुट्टा तयार पारी उपलब्ध गराउने सो अवसरमा जानकारी दिईयो । हातखुट्टा तयार गर्नका लागि आवश्यक सामग्री सहित वीरगञ्ज र भारतको जयपुरबाट प्राविधिक टोली आईसकेको उहाँले बताउनुभयो ।

शिविर सञ्चालन गर्न २५ लाख रुपैयाँभन्दा बढी खर्च हुने हुने भन्दै उहाँले भन्नुभयो “एउटा खुट्टा तयार गर्न रु.१८ हजार हाराहारी र हात तयार गर्न रु.१५ हजार हाराहारी खर्च हुन्छ ।” शिविरका लागि रोटरियनहरुबाट नै रकम संकलन गरिरहेको उहाँले बताउनुभयो । शिविरमा सम्पर्कमा आएका सबैलाई हात खुट्टा उपलब्ध गराउने लक्ष्य रहेको भन्दै संयोजक प्रधान भण्डारीले भन्नुभयो “सम्भव भएकाहरुलाई यही शिविरमा उपलब्ध गराउने छौं भने प्राविधिक रुपमा केही कमी भई बाँकी रहेमा पुनः केही समयभित्रै उपलब्ध गराउने हाम्रो योजना रहेको छ ।”

देशका ग्रामीण क्षेत्रहरुबाट बढी मात्रामा हातखुट्टा गुमाएकाहरु सम्पर्कमा आएको सो अवसरमा जानकारी दिईयो । पत्रकार सम्मेलनमा रोटरी ईन्टरनेशनल ३२९२ अन्तर्गत जोन ३६ का गर्भनर दिनुप बराल, रोटरियन आईपि ढकाल, अपाङ्ग जागरण अभियान चितवनका अध्यक्ष अम्बिकालाल श्रेष्ठ, लगायत क्लबहरुका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.