• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ६. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ७. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ८. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ९. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • १०. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

आदर्श गृहले गर्यो अस्मिताको कन्यादान


चितवन । विगत आठ वर्षदेखि भरतपुरको आदर्श गृहको संरक्षणमा हुर्किएकी अस्मिता तिवारीको आइतबार धूमधामसँग विवाह भयो । विसं २०७२ मा बाँकेको कोहलपुरबाट ल्याएर आश्रयसँगै शिक्षादीक्षा दिएको संस्था आदर्श गृहले अस्मितालाई बेहुली बनाएर पठाएको हो ।

स्याङ्जाको वालिङ घर भई हाल भरतपुर–७ कृष्णपुरमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनुभएका मणि सुवेदीसँग २३ वर्षिया अस्मिताको सनातनी परम्पराअनुसार विवाह गरिएको हो । आदर्श गृहकी संरक्षक एवं अधिकारकर्मी मीना खरेलले अस्मिताको कन्यादान दिनुभएको थियो । विवाहपछि खुसी हुँदै तिवारीले आदर्श गृहले जन्म दिने बाबुआमाले भन्दा पनि बढी जिम्मेवारी पूरा गरेको प्रतिकृया दिनुभयो ।

सानैमा आमा गुमाएकी अस्मिता बाबुआमाको संरक्षण बिना नै आफन्तको घरमा बस्दै गर्दा त्यहाँ पनि त्यति सहज महसुस नभएपछि उहाँ आदर्श गृहको आश्रयमा आउनुभएको थियो । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसबाट व्यवस्थापन विषयमा कक्षा १२ उत्तीर्ण अस्मितालाई स्याङ्जाका सुवेदीले माग्न आएपछि सबैको सल्लहामा नै विवाह गरिदिएको आदर्श गृहकी संरक्षक मीना खरेलले बताउनुभयो ।

अस्मितासँग विवाह गर्नका लागि आदर्श गृहमा प्रस्ताव लिएर आउने सुवेदीको सबै कुराले आफूहरुलाई प्रभावित पारेपछि आदर्श गृहबाट नै अस्मितालाई अन्माएर पठाइएको खरेलको भनाइ छ । सुवेदीले अस्मितालाई आफूले देख्दा असल संस्कारी भएका कारण नै आफूले आफ्ना अभिभावक लिएर अस्मितालाई जीवन संगीनी बनाउनका लागि प्रस्ताव लिएर गएको बताउनुभयो ।

भरतपुरमै व्यवसाय गर्दै आउनुभएका सुवेदीले आफूले अस्मितालाई असल अभिभावकत्व दिने पनि बताउनुभयो । “उहाँ (नववेहुली) को अभिभावकको कुरा धेरै सुनेँ । मैले काम गर्ने ठाउँ भनेको अभिभावक नै अभिभावक भएको ठाउँ हो । उहाँलाई कुनै पनि अभिभावक नभएको महसुस गर्न दिँदिन । मैले पनि मेरो तर्फबाट दिने भूमिका सबै दिने प्रतिबद्धता गर्दछु”, उहाँले सबैसमक्ष प्रतिबद्धता गर्नुभयो ।
आदर्श गृहमा अहिले पनि ३२ जना महिला तथा किशोरीहरू आश्रित छन् ।

समुदायकै दाताहरूकै भरमा चलेको यो आश्रममा रहने महिलाहरुलाई विभिन्न आयआर्जनका सीप पनि सिकाइन्छ । अहिलेसम्म यो आश्रमले एक हजार एक सय ७६ जना महिला तथा किशोरीलाई समाजमा पुनःस्थापित गराइसकेको छ । जसमध्ये ४६ जनाको विवाह भैसकेको गृहकी संरक्षक खरेलले जानकारी दिनुभयो ।

आदर्श गृहबाटै धार्मिक परम्परा अनुसार मागी विवाह भएको यो नै पहिलो भएको पनि उहाँले जनाउनुभयो । अस्मिताको वैवाहिक समारोहमा उहाँलाई बधाई तथा सुखद् दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्न सामाजिक अभियान्ता तथा राजनीतिकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, पूर्व सांसद विजय सुवेदी, रिना गुरुङ, कृष्णलाल सापकोटा, नेपाली काँग्रेस चितवनका सभापति राजेश्व खनालसहित विभिन्न वडाका वडाध्यक्ष, राजनीतिज्ञ, समाजसेवीहरुले वरबधूलाई शुभकामना प्रदान गरेका खरेलले बताउनुभयो ।

 

सोमबार, माघ २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ६.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.