• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, फागुन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

भरतपुर ११ मा राजनीतिक शक्तिको आडमा सडक निर्माणमा लापर्बाही


चितवन : भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडको प्रगतिपथ नमूना चोक सडक मापदण्ड विपरित कालोपत्रे गरिएको छ । राजनीतिक पहुँचको आधारमा सडक निर्माण गर्दा मनपरी भएको स्थानीयले आरोप लगाएका छन् ।

 

चोकदेखि भित्र १८५ मिटरको बाटो नगरप्रहरीको सहभागितामा डिभाइन लाईट कन्स्ट्रक्सनले पिच गरेको हो । सम्झौता अनुसार ६ मिटर चौडाइको बाटो बन्नुपर्नेमा विवादका कारण साढे चार मिटरदेखि पाँच मिटरसम्ममात्रै कालोपत्रे भएको छ । विवाद नभएका ठाउँमा भने मापदण्ड अनुसारको काम भएको छ ।

मापदण्डअनुसार बाटो बन्नका लागि दुवै तर्फका पक्षले ४/४ मिटर बाटो छोड्नुपर्ने थियो । निर्माण भएको सडकबाट एकतर्फका वासिन्दा चार मिटर छोडे पनि अर्कोतर्फका स्थानीयवासीले सो अनुसारको बाटो छाडेनन् ।

स्थानीय लालु चापागाईले राजनीतिक पहुँचका आधारमा एकतर्फका पक्षले आवश्यक बाटो नदिएको बताउनुभयो ।

पहुँच नभएकाले जग्गामा गरिएको तारबार डोजरले फालिदिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अर्को पक्षले चार मिटर दिन्छ भने म पनि दिन्छु । उनीहरुले पहुँचको आधारमा नदिने हो भने हामीलाई पनि दिन आवश्यक छैन । मेरो जग्गा घेराउ गरेको तारबार भत्काउन डोजर लगाए तर अर्को पट्टीको भत्काउनुपर्ने संरचना किन भत्किएन ?’ बाटो निर्माणमा स्थानीयमा देखिएको विवाद नमिलाई निर्माण व्यवसायी र महानगर, वडाले दादागिरी गरेको स्थानीय उपभोक्ता पूजा ढकालको भनाइ छ ।
ढकालले नापजाँच नगरी नगर प्रहरी अगाडि राखेर पिचको काम भएको गुनासो गर्नुभयो । सोझालाई धम्काउने र डर देखाउने काम भएको उहाँले आरोप लगाउनुभयो । यस्तै स्थानीय विकल बानियाले सानालाई थिच्ने र मिच्ने काम भएको बताउनुभयो । कर्मचारीहरु ठूलाका पक्षमा रहेका कारण मापदण्ड अनुसारको काम हुन नसकेको उहाँको भनाइ छ ।

विवादित यस चोकदेखि भित्रको बाटोमा एकातर्फ नेपाली कांग्रेसका नेता प्रेमराज पौडेल र माओवादी नेता एवं गण्डकी प्रदेश सभामुख नेत्रप्रसाद अधिकारीको घर रहेको छ । भरतपुर वडा नं. ११ का वडासदस्य सागर कुमालले भने स्थानीयकै कारण समस्या उत्पन्न भएको दाबी गर्नुभयो । ‘विकास चाहिएको भए दुवै पक्ष मिलेर जानुपथ्र्यो’ उहाँले भन्नुभयो ।

वडाका सब इन्जिनियर किरण न्यौपानेले बाटोको नापीको काममा कुनै शंका गर्नु पर्ने अवस्था नभएको बताउनुभयो । स्थानीयबीच सहजीकरण नहुँदा नै स्थानीयले भनेअनुसार नै पिच गरिएको बताउनुभयो । निर्माणको काम सुरु भएदेखिनै बाटोको विवाद उत्पन्न भएको थियो ।

विवाद समाधान समितिसमेत बनेका थिए । गत पुसको २६ गते टेन्डर प्रक्रिया मार्फत डिभाइनलाई यो ठेक्का परेको थियो । २०७९ जेठ २६ गते यस सडकको काम सकिनु पर्ने थियो । तर, विवादका कारण म्याद थप गरी चालु महिना असार मसान्तसम्म यसको काम सक्न निर्देशन भएको थियो । यस बाटोको ठेक्कापट्टा १८ लाख ७२ हजार ४१० रुपैयाँमा भएको थियो ।

ठेकेदार कम्पनीका प्रकाश तिवारीले साँध सिमानाको द्वन्द्व निकालेर निर्माण व्यवसायीदेखि महानगरलाई समेत असहयोग गरेको आरोप लगाउनुभयो । ‘साँध सिमानामा झगडा गर्ने । एक आपसमा द्वन्द्व भड्काउने काम स्थानीयले गरे । उनीहरुलाई विकास चाहिएको छैन,’ उहाँले भन्नुभयो । अवरोधका कारण महानगरले दिएको डिजाइन भन्दा फरक चौडाई घटाएर पिच गरिएको तिवारीले बताउनुभयो । मापदण्ड अनुरुप काम नहुँदा वर्षामा पानी जम्नुका साथै नाली विस्तारमा समेत समस्या हुने देखिएको छ ।

Narayanionline

  • भरतपुर
  • सडक निर्माणमा लापर्बाही
शुक्रबार, असार १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.