चितवन : जिल्ला समन्वय समिति (जिसस) चितवनको निर्वाचन यही जेठ ३१ गते हुने भएको छ। जिल्ला निर्वाचन अधिकृत भीमसेन कार्कीका अनुसार जेठ ३१ गते विहान १० देखि दिउँसो १२ बजेसम्म जिससको मतदान हुने भएको हो।
जेठ २८ गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदाता नामावली प्रकाशन र जेठ ३० गते विहान १० देखि ११ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गरिने निर्वाचन अधिकृत कार्कीले बताए।
जिल्लामा सात वटा पालिका छन्। सबै पालिकाबाट गरि यसपटक सत्तागठबन्धनमा आवद्ध दल र विपक्षी नेकपा (एमाले)को पनि बाराबार मत रहेको छ ।