चितवन : चितवनको भरतपुर महानगरपालिकामा निहुरो टिप्न गएकी एक महिलालाई बाघले आक्रमण गरेको छ ।
भरतपुर महानगरपालिका २३ स्थित घैलाघारी सामुदायिक वनमा निहुरो टिप्न गएकी स्थानीय अन्दाजी ५५/६० वर्षीया मंगलि बोटेलाई बाघले आक्रमण गरेको हो । आज (मंगलबार) दिउँसो ४ बजे बोटेसहित चार जना निउरोे टिप्न गएका थिए ।
सोही क्रममा बाघले बोटेलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बाघले आक्रमण गरेको बोटेको ईप्रका गितानगर र कसरा ब्यारेकको आर्मीसहित चार वटा हात्तिबाट खोत कार्य भइरहेको प्रहरीले जनाएको छ ।