• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

बालेनको चुनावी अभियान , विवेकशील साझाका नेताहरूको साथ !

काठमाडौँ : आसन्न स्थानीय तहकोे चुनावमा काठमाडौँ महानगरपालिका मात्रै हैन, देशका ७५३ वटै स्थानीय तहमा उम्मेदवारहरू घर-दैलोमा व्यस्त छन् । देशको राजधानी काठमाडौँमा कुन उम्मेदवारले बाजी मार्छ भनेर चासोको रूपमा हेरिएको छ ।

महानगरको मेयर पदमा गठबन्धनको तर्फबाट सिर्जना सिंह र एमालेका तर्फबाट केशव स्थापितले उम्मेदवारी दिएका छन् ।

स्थानीय चुनावमा महानगरको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको पनि कम चर्चा छैन । देशभरका युवाहरूले समर्थन गरेका छन् भने गत निर्वाचनमा महानगरको उम्मेदवार भएकी रन्जु दर्शनाको चुनावी अभियानका सहभागी भएका अभियन्ताहरुले समेत बालेनलाई साथ दिएका छन् ।

आसन्न स्थानीय चुनावमा विवेकशील साझा पार्टीको तर्फबाट समीक्षा बास्कोटाले उम्मेदवारी दिएकी छिन् । तर उनको उम्मेदवारीसँग उनकै पार्टीका सदस्यहरूले सहमत जनाएका छैनन् । पार्टीका एक जना संयोजकले एकलौटी रूपमा महानगरको मेयरको उम्मेदवार छनोट गरेको भन्दै विरोध नै जनाएका थिए ।

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यहरू नै काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेनको अभियानमा सक्रिय भएर लागेका छन् । गत निर्वाचनमा महानगरको मेयरको उम्मेदवारी दिएकी रन्जु दर्शनाको चुनावी अभियानका अभियन्ताहरु नै बालेनको चुनावी अभियानमा लागेका हुन् ।

विवेकशील साझाका केन्द्रीय सदस्यहरूले अध्यक्ष रविन्द्र मिश्रले एकल रूपमा महानगरको उम्मेदवार छनोट गरेकाले मिलन पाण्डे पक्ष र पार्टी भित्र नै रहेको अर्को असन्तुष्ट पक्षले असहमति जनाएको थियो ।

विवेकशील नेपाली दल र साझा पार्टी पुनः एकीकरण हुनु पहिले विवेकशीलका तर्फबाट महानगरको २७ वटा वडाहरूमा वडा कमिटी नै बनाएको थियो । तर पार्टी एकीकरण हुँदा ती वडा कमिटीहरू भङ्ग गरिएको एक नेताले बताए । उनका अनुसार पटक-पटक महानगर र वडा कमिटी बनाउन आह्वान गरे पनि काम हुन सकेको छैन ।

विवेकशील साझा पार्टीले आसन्न स्थानीय चुनावमा महानगरको मेयर र तीन वटा वडामा वडाअध्यक्ष मात्रै उठाएको छ ।

विवेकशील साझा पार्टीका संयोजक पाण्डेले काठमाडौँ महानगरपालिका भन्दा अन्य पालिकामा स्वतन्त्र र विवेकशील साझा पार्टी कै उम्मेदवारहरूलाई समर्थन गर्दै आएका छन् । तर उनले काठमाडौँ महानगरमा भने कसैलाई समर्थन गरेको देखिँदैन ।

विवेकशील साझा पार्टीका सङ्गठन विभाग प्रमुख निर्देश सिलवाल पनि महानगरको मेयरको उम्मेदवारलाई खुलेर सहयोग गरेको देखिदैंन । सिलवालले केही दिन पहिले स्वतन्त्र उम्मेदवार बालेनलाई भेटेको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

विवेकशील साझा पार्टीको तर्फबाट प्रदेश सदस्य बनेका बिराजभक्त श्रेष्ठ पनि बास्कोटाको पक्षमा खुलेर लागेका छैनन् । श्रेष्ठ काठमाडौँकै स्थायी बासिन्दा हुन्। विवेकशील साझाका संयोजक मिलन पाण्डेले पनि कता सहयोग गर्ने भनेर खुलेका छैनन् ।

‘काठमाडौँ महानगर बाहिरको उम्मेदवारहरूलाई प्रत्यक्ष रूपमा सहयोग गर्दै आएको छु । तर काठमाडौँमा भने कसलाई समर्थन गर्ने भनेर साथीभाइसँग छलफल गर्दै छु’ पाण्डेले इकागजसँग भने ।

गत स्थानीय चुनावमा काठमाडौँ महानगरपालिकामा कुल २ लाख ८१ हजार १०४ जना मतदाता थिए । जसको ७० प्रतिशत अर्थात् १ लाख ९७ हजार २२७ मत खसेको थियो । उक्त मतदानमा खसेको मतको १५ प्रतिशत मत बदर भएको थियो भने ६.१८ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

२०७४ सालमा भएको स्थानीय चुनावमा ६४ हजार ९१३ मत ल्याएर नेकपा एमालेका विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । यस्तै नेपाली काँग्रेसका राजु राज जोशीले ४५ हजार २६९ मत ल्याएर दोस्रो भएका थिए ।

उक्त चुनावमा १५ जना स्वतन्त्र उम्मेदवारले महानगरमा मेयरका लागि उम्मेदवारी दिएका थिए ।

उक्त स्थानीय चुनावमा तत्कालीन विवेकशील नेपाली दलका तर्फबाट मेयरको पदमा उम्मेदवारी दिएकी रन्जु दर्शनाले २३ हजार मत ल्याएकी थिइन् । वैकल्पिक राजनीतिको नेतृत्व गर्दै पूर्वसचिव किशोर थापाले पनि उम्मेदवारी दिएका थिए । उनले गत स्थानीय चुनावमा १८ हजार ४९६ मल ल्याएका थिए ।

त्यसैले आसन्न स्थानीय चुनावमा विवेकशील साझाका नेताहरूले कता समर्थन गर्छन् भनेर चासोको रूपमा हेरिएको छ ।

  • चुनावी अभियान
  • बालेनको
आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.