• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २. नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ७. आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ८. सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ९. आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

मतका लागी मकै गोड्दै भाडा माझ्दिदै उम्मेद्वार


पर्वत : चुनावको प्रचारप्रसारमा रहेको फलेवास नगरपालिका–३ शंकरपोखरीमा गठबन्धनबाट वडाध्यक्ष पदका उम्मेदवार हुन् अर्जुन बहादुर केसी।

निर्वाचनको मिति नजिकिँदै जाँदा वडावासी सबैको घर–घरमा डुलिरहेका उनी कृषकहरूले मकै गोडिरहेको ठाउँमा पुगे। उनले कृषकले चलाइरहेको कोदाली मागे, कोट पाइन्टमा सजिएका उनले धूलो उडाउँदै मकै खन्न कुनै अप्ठ्यारो मानेनन्।

कृषकको कोदाली मागेर आफू पनि मकै गोड्न तम्सीए, थोरै बेर भए पनि मकै गोडेका उनले आफूलाई वडाध्यक्षमा जिताउन अनुरोध गरे।

‘मैले मकै गोडेर मेलो हुने कुरा होइन तर म जनता खेतमा हुँदा खेतमै र घरमा हुँदा घरमै छु भन्ने सन्देश यसबाट मिल्छ।

पाँच वर्षको अवधिमा मैले गरेको कार्यसम्पादन नागरिकले देख्नुभएको छ,’ केसीले भने, ‘वडाध्यक्षको रूपमा गएको कार्यकाल पूरा गर्दा म नागरिकले गर्ने यस्तै साना–साना कामहरूमा, पर्दा र मर्दा सम्भव भएका ठाउँमा पुगेको छु। हाम्रो काम पनि आखिर यही त हो नि।’

सदरमुकाम समेत रहेको कुश्मा नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेबाट गणेश शर्मा पौडेल उम्मेदवार रहेका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र जोशी विजयी भएको कुश्मामा गठबन्धनबाट फेरि पनि जोशी नै नगर प्रमुख पदका उम्मेदवार बनेका छन्।

कांग्रेसकाे साख भत्काउनको लागि सहज महशुस नगरेको एमालेले मतदाता रिझाउनको लागि घरदैलो अभियान चलाइरहेको छ।

सोही क्रममा कुश्मा नगरपालिका–११ पकुवामा पुगेका प्रमुख पदका उम्मेदवार पौडेल, उपप्रमुख पदकी उम्मेदवार स्वस्थानी रिजाल र ११ नं. वडाका वडाध्यक्ष पदका उम्मेदवार बाबुराम पौडेलले आफूले खाना खाँदा प्रयोग भएका भाँडा आफैले सफा गरे। जनताको घर आँगनमा पुगेको बेलामा उदाहरणीय बनेर देखाउँदै नागरिकलाई आकर्षित गर्ने यो पनि एउटा तरिका हो।

कांग्रेसका कार्कीले मकै गोड्दा होस वा एमालेका पौडेलले भाँडा सफा गर्दा नै किन नहोस् एकै छिन भए पनि नेताहरू आफूजस्तै बनिदिँदा उनीहरूको सारथी भएको महशुस हुने केही नागरिक बताउँछन्।

उनीहरूको काम मकै गोड्ने भाँडा माझ्ने नभएको भए पनि उदाहरणका रूपमा प्रस्तुत गरेर देखाउनुको अर्थ आफूहरू जनताको साथमा छौँ, भनेको हुने फलेवास नगरपालिका–३ शंकरपोखरीकै वडा सदस्य पदकी उम्मेदवार निर्मला कुमारी शर्मा बताउँछिन्।

‘जनप्रतिनिधिहरू जनताको कामकै लागि चुनिने हो। घरदैलोमा गएको बेलामा जनताले गर्न लागेको काममा एकै छिन भए पनि सघाई लाग्नुको अर्थ हामी पनि नागरिकको साथमा छौँ भन्नु हो,’ उनले भनिन्, ‘जनप्रतिनिधि नभएको अवस्थामा देश चलेको बेलामा काम गर्न कठिन थियो। गाविस सचिवलाई फेला पार्नै मुस्किल, तर अहिले जनताका काम सहजै भएका छन्।’

केही उम्मेदवारहरूले चुनावलाई लक्षित गरेर गरेका यस्ता कामहरूको प्रमाण सामाजिक सञ्जालहरूमा राखिने गरेका भए पनि सबै उम्मेदवारहरूका यस्ता क्रियाकलाप बाहिर आउँदैनन्। विजयी बन्नका लागि हदैसम्म पुग्ने उम्मेदवारहरूले आलोचना खेप्नुपर्ने डरले चुनावी प्रचारमा प्रयोग गरेका सबै हतकण्डाहरु बाहिर ल्याउँदैनन्।

चुनावको बेलामा खुट्टै समातुँला जस्तो गरेर नम्रता प्रस्तुत गर्ने कतिपय नेताहरू हारे पनि जिते पनि जनताको दैलोमा नपुग्दा भने नागरिकको मन खिन्न हुने गरेको छ।

जनताको मनमा बस्न नसकेसम्म उनीहरूको मत नपाउने कुरा बुझेका उम्मेदवारहरू नागरिकको मनमा बस्न हर तरिकाहरू अपनाइरहेका छन्।

  • उम्मेद्वार
  • भाडा माझ्दिदै
  • मकै गोड्दै
  • मतका लागी
सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

लोकप्रिय

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

भर्खरै

  • १.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • २.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ३.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ६.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ७.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ८.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.