काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजार जनाले फिर्ता लिएका छन् ।
वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा शुक्रबार साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो ।
निर्वाचन आयोगले ७ सय ५३ स्थानीय तहमा प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारको संख्या यकिन गर्न सकेको छैन । आयोगका अनुसार शुक्रबार साँझसम्म १ लाख ५३ हजार २ सय २० जनाले उम्मेदवारी दिएका छन् ।
यस्तै, गठबन्धनप्रति असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएका धेरैले उम्मेदवारी फिर्ता लिएका छैनन् ।
चितवनमा कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी कायम राख्नुभएको छ । यस्तै,पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका नेता विमल कार्कीको बाँकी नै छ ।
जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसबाट बागी मनोज साहले उम्मेदवारी फिर्ता लिनुभएको छैन् । देशका अन्य स्थानीय तहमा अधिकांश बागी उम्मेदवारहरुको उम्मेदवारी कायमै रहेको छ ।