चितवन : प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेटन गृहमन्त्री बालकृष्ण खाँण चितवन पठाएका छन् ।
श्रेष्ठले आज बिहान पौडेललाई उनकै निवासमा पुगेर भेटेर उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरेको हो । तर पौडेलले आफू ब्याक नहुने बताए ।
उनले आफू ब्याक हुनु भन्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालको उम्मेदवारी फिर्ता गराउँदा बढी न्याय हुने बताए ।
त्यस्तै उम्मेदवारी फिर्ता नलिने अडानमा रहेका पौडेलले चुनाव चिह्न पाएपछि १७ गतेदेखि घरदैलो अभियान सुरु गर्ने बताए ।
त्यस्तै उनको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँणदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसम्म चितवन पुगेका हुन् ।