काठमाडौं : सत्ता गठबन्धनले ६ वटै महानगरमा मेयर पदको उम्मेदवारी टुंग्याएको छ ।
गठबन्धनबाट ६ महानगरमा २ महिला प्रमुखका उम्मेदवार बनेका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले सोमबार ललितपुर र विराटनगर महागरपालिकामा उम्मेदवार टुंगो लगाएको हो ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले काठमाडौंको मेयरमा श्रृजना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरको मेयरमा नागेश कोइरालालाई उठाउने निर्णय गरेको हो ।
यससँगै गठबन्धनको तर्फबाट मेयरमा लड्ने सबै दलले उम्मेदवार टुंगो लगाएको छ ।
गठबन्धनबाटै भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रले पुनः रेनु दाहाल उम्मेदवारी बनाउने निर्णय गरेको छ । त्यस्तै पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य उम्मेदवार बन्नुभएको छ ।
यस्तै वीरगन्ज महानगरपालिकाको मेयरमा गठबन्धनको साझा उम्मेदवारका रुपमा जसपाका राजेशमान सिंह हुनुहुन्छ ।
गठबन्धनमा भएको सहमतिअनुसार ६ महानगरपालिकामध्ये काँग्रेसले ३ र माओवादी केन्द्रले १, जसपा र एकीकृत समाजवादी पार्टीले १–१ सिट पाउने सहमित भएको थियो ।