×
मङ्गलबार, असार ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ५. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ६. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ७. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ९. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • १०. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

कार्टुन प्रदर्शनी : भ्रष्टाचारमाथि कटाक्ष, आफ्नै व्यंग्य हेर्न गएनन् नेता (तस्वीरहरू)


काठमाडौं : व्यंग्यचेतको जीवन्त नमूना मानिने कार्टुन क्याक्टसको प्रतिबिम्ब हो । जसको आङभरि काँडा र मरुभूमिमा पनि जीवनको आशा जीवित राख्ने विश्वास गरिन्छ ।

छापाका लाखौं शब्दलाई एउटा रोचक कार्टुनले प्रतिनिधित्व गर्दछ । समाचार विवरण हो भने कार्टुन मिसाइल । नेपालका कार्टुन कलाका बादशाहरूले कोरेका कार्टुन यतिबेला सामाजिक विकृति र विसंगति विरुद्ध खबरदारी गरिरहेका छन् ।

भ्रष्टाचारविरुद्ध कटाक्ष गरिएका कार्टुन यतिबेला प्रदर्शनीमा राखिएको छ । सुशासन मृगतृष्णा बन्दा समाजले भोग्नुपरेको पीडा कार्टुनमा जीवन्त देखिन्छ ।

समकालीन छापा, विद्युतीय माध्यममा काम गरिरहेका सर्जकहरूको कला प्रदर्शनीमा राखिएका छन् । जसमा सिद्धहस्तदेखि नवप्रवेशी ३६ कार्टुनिष्टका ५० कार्टुन समावेश छन् ।

पत्रिकामा कार्टुनको दायरा सीमित हुने भएकाले सचेतना र प्रचारका लागि प्रदर्शनी गरिएको नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष बासु क्षितिज बताउनुहुन्छ । प्रदर्शनीमा विशेषत भ्रष्टाचारको रूपरङ्गको बारेमा स्पष्ट पार्न खोजिएको उहाँको भनाइ छ ।

अधिकांश कार्टुनका पात्र समकालीन नेताहरू छन् । अचम्म त के छ भने आफू विरुद्धको व्यंग्य पचाउने क्षमता नेताहरूमा नभएकै कारण उनीहरू अवलोकनमा आएका छैनन् । यद्यपि भ्रष्टाचारको विषय नै आफूहरूको मूल ध्यय रहेको स्रष्टाहरू बताउँछन् ।

हुन त प्रदर्शनीमा राखिएका हरेक कार्टुनको आ–आफ्नै महत्व छ, यद्यपि वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल ‘वात्सायन’को दुईवटा कार्टुन अवलोकनकर्ताको आँखामा परेका छन् ।


त्यस्तै अर्का चर्चित कार्टुनिष्ट रविन सायमीको ‘चप्पले नेताको दृश्य’ दर्शकले औधी रुचाएको कार्टुनको कोटीमा पर्छ । कोरोना महामारीका बेला पनि फस्टाएको भ्रष्टाचारी प्रवृत्तिको खुलेर व्यङ्ग्य कसिएको छ ।


नेपालमा लोकप्रिय पनि नेता नै र सर्वाधिक आलोचना पनि उनीहरूकै हुने गरेको छ । व्यंग्यको विषयवस्तु नेता कार्यकर्ता लक्षित भए पनि आमनागरिकको रुचि मननयोग्य रहेको कार्टुनिष्ट राजेश मानन्धरको बुझाइ छ ।

दर्शकहरूमा भूस र चामल खुट्याउने क्षमता प्रर्दशनीमा देखिएको अर्को सुःखद् पक्ष हो । उनीहरू आफ्नो प्रतिक्रिया व्यक्त गर्दै विकृतिविरुद्ध सबैले आ–आफ्नो क्षेत्रबाट खबरदारी गर्नुपर्ने बताउँछन् ।

भ्रष्टाचारको जति आयतन बढ्छ, कलाकारको सिर्जना यसकै वरिपरि घुम्ने निश्चित छ । कामना गरौं तीनै तहको निर्वाचन हुन लागेको यो वर्षले सुशासनको नर्सरी उत्पादन गरोस्, ताकि व्यंग्य कलाकारले सुशासन विरुद्ध व्यंग्य कस्ने मसला नपाउन् ।

imagekhabar

  • कार्टुन प्रदर्शनी
मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध
विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक
एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै
काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते
धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद
गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ५.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ६.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

भर्खरै

  • १.
    सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • २.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ३.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ४.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • ५.
    आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ७.
    धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ८.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.