• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

कार्टुन प्रदर्शनी : भ्रष्टाचारमाथि कटाक्ष, आफ्नै व्यंग्य हेर्न गएनन् नेता (तस्वीरहरू)

काठमाडौं : व्यंग्यचेतको जीवन्त नमूना मानिने कार्टुन क्याक्टसको प्रतिबिम्ब हो । जसको आङभरि काँडा र मरुभूमिमा पनि जीवनको आशा जीवित राख्ने विश्वास गरिन्छ ।

छापाका लाखौं शब्दलाई एउटा रोचक कार्टुनले प्रतिनिधित्व गर्दछ । समाचार विवरण हो भने कार्टुन मिसाइल । नेपालका कार्टुन कलाका बादशाहरूले कोरेका कार्टुन यतिबेला सामाजिक विकृति र विसंगति विरुद्ध खबरदारी गरिरहेका छन् ।

भ्रष्टाचारविरुद्ध कटाक्ष गरिएका कार्टुन यतिबेला प्रदर्शनीमा राखिएको छ । सुशासन मृगतृष्णा बन्दा समाजले भोग्नुपरेको पीडा कार्टुनमा जीवन्त देखिन्छ ।

समकालीन छापा, विद्युतीय माध्यममा काम गरिरहेका सर्जकहरूको कला प्रदर्शनीमा राखिएका छन् । जसमा सिद्धहस्तदेखि नवप्रवेशी ३६ कार्टुनिष्टका ५० कार्टुन समावेश छन् ।

पत्रिकामा कार्टुनको दायरा सीमित हुने भएकाले सचेतना र प्रचारका लागि प्रदर्शनी गरिएको नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष बासु क्षितिज बताउनुहुन्छ । प्रदर्शनीमा विशेषत भ्रष्टाचारको रूपरङ्गको बारेमा स्पष्ट पार्न खोजिएको उहाँको भनाइ छ ।

अधिकांश कार्टुनका पात्र समकालीन नेताहरू छन् । अचम्म त के छ भने आफू विरुद्धको व्यंग्य पचाउने क्षमता नेताहरूमा नभएकै कारण उनीहरू अवलोकनमा आएका छैनन् । यद्यपि भ्रष्टाचारको विषय नै आफूहरूको मूल ध्यय रहेको स्रष्टाहरू बताउँछन् ।

हुन त प्रदर्शनीमा राखिएका हरेक कार्टुनको आ–आफ्नै महत्व छ, यद्यपि वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल ‘वात्सायन’को दुईवटा कार्टुन अवलोकनकर्ताको आँखामा परेका छन् ।

त्यस्तै अर्का चर्चित कार्टुनिष्ट रविन सायमीको ‘चप्पले नेताको दृश्य’ दर्शकले औधी रुचाएको कार्टुनको कोटीमा पर्छ । कोरोना महामारीका बेला पनि फस्टाएको भ्रष्टाचारी प्रवृत्तिको खुलेर व्यङ्ग्य कसिएको छ ।

नेपालमा लोकप्रिय पनि नेता नै र सर्वाधिक आलोचना पनि उनीहरूकै हुने गरेको छ । व्यंग्यको विषयवस्तु नेता कार्यकर्ता लक्षित भए पनि आमनागरिकको रुचि मननयोग्य रहेको कार्टुनिष्ट राजेश मानन्धरको बुझाइ छ ।

दर्शकहरूमा भूस र चामल खुट्याउने क्षमता प्रर्दशनीमा देखिएको अर्को सुःखद् पक्ष हो । उनीहरू आफ्नो प्रतिक्रिया व्यक्त गर्दै विकृतिविरुद्ध सबैले आ–आफ्नो क्षेत्रबाट खबरदारी गर्नुपर्ने बताउँछन् ।

भ्रष्टाचारको जति आयतन बढ्छ, कलाकारको सिर्जना यसकै वरिपरि घुम्ने निश्चित छ । कामना गरौं तीनै तहको निर्वाचन हुन लागेको यो वर्षले सुशासनको नर्सरी उत्पादन गरोस्, ताकि व्यंग्य कलाकारले सुशासन विरुद्ध व्यंग्य कस्ने मसला नपाउन् ।

imagekhabar

  • कार्टुन प्रदर्शनी
मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.