काठमाडौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान हुम्ला पुगेर दिउँसो एमाले जिल्ला कमिटी हुम्लाले आयोजना गरेको जनसभालाई सम्वोधन गर्नुभएको छ ।
आगामी वैशाख ३० गते हुने चुनावका लागि देश दौडाहामा रहनुभएका उहाँले एमाले हुम्लाले आयोजना गरेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुभयो ।
त्यहाँ उहाँले हुम्लाका विभिन्न क्षेत्रको अवलोकन समेत गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीलाई सिमकोट विमानस्थलमा हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियार, एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी र केन्द्रीय सदस्य दल रावल लगायतले स्वागत गर्नुभएको थियो ।
अध्यक्ष ओलीले सदरमुकाम सिमकोटमा आयोजना हुने बृहत् जनसभालाई सम्बोधन गर्दै एमालेले अब देशको काँचुली फेर्ने विश्वास दिलाउनुभयो । जनताको माया पाएको पार्टी एमालेले देशको विकासमा केन्द्रीत भएर काम गर्ने बताउनुभयो ।
अदानचुली गाउँपालिकाको श्रीनगरमा भएको पार्टीको बृहत् सभालाई पनि अध्यक्ष ओलीले सम्बोधन गर्नुभयो ।
त्यसअघि उहाँले नाम्खा गाउँपालिकाको लिमी भ्याली क्षेत्र र लिमीस्थित लोलुङजोङको हवाई क्षेत्रको अवलोकन गर्नुभएको थियो । एमाले अध्यक्ष ओलीले कैलाश मानसरोवर पनि दर्शन गर्नुभएको बताइएको छ ।
ओलीको सम्वोधनमा हज्जारौ जनसमुदायको उपस्थिती रहेको थियो । कर्णालीको विकट जिल्ला हुम्लामा समेत एमालेलाई माया गर्ने हज्जारौको उपस्थिती देख्दा अध्यक्ष ओली हर्षित हुनुभयो । हेरौ तस्विर