गैंडाकोट : यौन दुब्र्यवहारको आरोप लागेका जनक नमुना मा वि का शिक्षको घर घेर्ने प्रयासलाई प्रहरीले असफल बनाएको छ ।
हातमा ढुंगाहरू समातेर घर घेर्न आएका स्कूलका आक्रोशित विद्यार्थीहरु देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी आउने सुइको पाएपछि घर घेर्न पुगेका विद्यार्थीहरु तितरबितर भएका छन । यसअघि विद्यार्थीहरुले स्कूल परिसरमा तोडफोड र आगजनी गरेका थिए ।
नगरको वडा नं ४ मा रहेको आरोपित शिक्षकको घरमा क्षति हुन नदिन अहिले ठूलो संख्यामा प्रहरी परिचालन भएको छ ।
भिडियो हेर्नुहोस्